रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमाका मतदाताहरु भन्छन– समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पुराउन एमालेलाई मतदान

बुटवल । एमाले नेतृत्वसंग तिलोत्तमाका मतदाताले समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पुराउन आग्रह गरेका छन ।
तिलोत्तमा चुनाबी कार्यक्रम लिएर घर दैलोमा गएका रुपन्देही क्षेत्र नं. २ (१) का नेकपा एमालेका उम्मेदवार लिला गिरी सहितका नेता कार्यकर्तालाई मतदाताले समृद्ध देश र विकासका अधुरो काम टुंगोमा पुराउन आफुहरुले मत दिने बताए ।
योगिकुटीबाट सुरु भएको घरदैलो अभियानमा उम्मेदवार गिरीले जेष्ठ नागरिक, युवा तथा स्थानियका सुझावहरु समेत लिएका थिए । अधिकांश सुझाव दिनेहरुले एमाले नेतृत्वको सरकारले मात्र जनताका ईच्छा र आकांक्षा पुरा गर्ने बताएका थिए । एमाले सरकारमा रहँदा अघि बढाएका कतिपय योजना अधुरै रहेकाले पनि त्यी योजना टुंगोमा पुराउन एमालेलाई मत दिने योगिकुटीका आर.सी अर्यालले बताए ।
घरदैलो अभियानकै क्रममा विभिन्न टोलमा भएको चुनाबी कार्यक्रममा त्यहाँका बासिन्दाले राजनीतिक स्थायित्व र विकासका कामलाई टुंगोमा पुराउन र प्रदेशको नेतृत्व एमालेले गर्दा शुसासन कायम गर्न सुझाव पनि दिए ।


गठबन्धनले सरकार चलाउँदा आर्थिक मितिव्यीयता समेत नभएको र जम्बो मन्त्रिपरिषद् बनाउँदा राज्यको अनियन्त्रीत दोहन भएको भन्दै ४ मंसिरमा एमालेको नेतृत्व पछि बन्ने सरकार चुस्त बनाउनुपर्ने समेत उनीहरुको सुझाव थियो ।
साथै सो अवसरमा उनीहरुले योगिकुटी सारदा स्कुल सडक, अव्यवस्थित बसोबासीलाई लालपुर्जा, स्रोह छत्तिस नहरको व्यवस्थापन, भित्रि सडकका लागि कालोपत्रे गर्न सुझाव दिएका थिए । मतदाताले दिएको सुझाव पछि नेता गिरीले एमाले नेतृत्वको सरकार बन्न साथ भुमिहिन, अव्यवस्थित र सुकुमबासीहरुको समस्या समधान पहिलो प्राथमिकतामा राख्ने बताए ।
एमाले नेतृत्वको सरकारमा रहँदा भुमि आयोगनै गठन गरी यसको समधानको प्रयास गरेपनि सरकार परिर्वतन भएपछि उक्त काम अधुरो रहेको बताए । साथै उनले तिलोत्तमा क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास गर्न बनबाटिकाका अलवा अनेत्र पनि बहुउपयोगी पार्क निर्माणको योजना अघि बढाउने बताए ।
बनबाटिका राष्टिय स्तरमा समेत परिचित भइसकेको र बहुउद्देश्यीय टावर समेत सञ्चालनको प्रक्रियामा रहेको भन्दै अब तिलोत्तमा साच्चै समृद्ध बन्ने बताए । उनले तिलोत्तमा भित्र निर्माण हुन लागेको बुटवल मेडिकल कलेज पनि एमाले नेतृत्वको सरकार गठन भएपछि पुरा हुने बताए । तिलोत्तमालाई शिक्षा, स्वास्थ्य, पर्यटकिय हवको रुपमा विकास गर्ने बताउँदै नेता गिरीले समग्र तिलोत्तमाको विकास र प्रदेशको समृद्धिका लागि एमालेलाई मत दिन आग्रह गरे ।
तिलोत्तमामा अहिले पनि अधिकांश जमिन खेतियोग्य रहेको भन्दै नेता गिरीले सिचाईको प्रबन्ध र आवश्यक मल, विउ, विजनको व्यवस्था गरी कृषिलाई आधुनिक र व्यवसायीकरण गर्ने बताए । साथै उनले तिलोत्तमा भित्र स्थापना हुने उद्योग, व्यवसायीलाई पनि एमालेले उचित सम्बोधन गर्ने बताए ।
आफु पर्यटन मन्त्री रहँदा यस क्षेत्रमा विकासका योजना अघि बढाएको स्मरण गराउँदै उनले अधुरा सवै आयोजना सरकार गठन हुन साथ सुरु हुने मतदाता सामु प्रतिबद्धता जनाए ।
एमाले यसक्षेत्रका परिपक्व, सालिन र अनुभवी नेता लिला गिरीलाई प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित