रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

शिव शिखर सहकारीको १४ अर्ब ठगीमा फरार केदारनाथ भारतबाट पक्राउ

सहकारीमार्फत करिब १४ अर्ब रूपैयाँ ठगी गरेको आरोपमा केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतको मुम्बईबाट पक्राउ गरेको दाबी गरिएको छ।

उनी त्यहाँको एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा सीआईबीको टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको सीआइबी अधिकारीको दाबी छ।

शर्मा नेतृत्वमा रहेको शिव शिखर सहकारी र तुलसी सहकारीले सर्वसाधारणको १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको मुद्दा अदालतमा विचाराधीन छ। उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानबाट खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर गरिएको थियो।

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए ।

बाँके कोहलपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा चामलको व्यापारमा लगानी गरेकोसमेत खुलेको छ। नेपालमा उनले उपकार ब्रान्डको चामलको व्यापार गर्ने गरेका थिए।

न्यौपाने भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन्।

उनले सहकारीको पैसा निजी कम्पनीमा लगानी गरेका थिए। तर उक्त कम्पनी डुबेपछि उनी फरार थिए। उनको पत्नीसहित दुई जना यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित