तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शिव शिखर सहकारीको १४ अर्ब ठगीमा फरार केदारनाथ भारतबाट पक्राउ

सहकारीमार्फत करिब १४ अर्ब रूपैयाँ ठगी गरेको आरोपमा केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतको मुम्बईबाट पक्राउ गरेको दाबी गरिएको छ।

उनी त्यहाँको एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा सीआईबीको टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको सीआइबी अधिकारीको दाबी छ।

शर्मा नेतृत्वमा रहेको शिव शिखर सहकारी र तुलसी सहकारीले सर्वसाधारणको १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको मुद्दा अदालतमा विचाराधीन छ। उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानबाट खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर गरिएको थियो।

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए ।

बाँके कोहलपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा चामलको व्यापारमा लगानी गरेकोसमेत खुलेको छ। नेपालमा उनले उपकार ब्रान्डको चामलको व्यापार गर्ने गरेका थिए।

न्यौपाने भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन्।

उनले सहकारीको पैसा निजी कम्पनीमा लगानी गरेका थिए। तर उक्त कम्पनी डुबेपछि उनी फरार थिए। उनको पत्नीसहित दुई जना यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित