बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

चौतर्फी विरोधपछि लुम्बिनीका मुख्यमन्त्रीले भने- मिडियाको बजेट समानुपातिक वितरण हुन्छ

सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौँ ः डिल्ली चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमलाई छुटएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता गरेका छन् । आगामी आर्थिक वर्षको लागि बिनियोजित बजेटमा निजि क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट दिएको भन्दै बिरोध तथा आलोचना हुन थालेपनि चौधरीले सञ्चार माध्यममा आएजस्तो छरप्रस्ठ बजेट खर्च नगर्ने प्रतिबद्धता ब्यक्त गरे ।
बुटवलमा आईतबार पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश भित्रका सबै मिडियालाई हेर्न दृष्टीकोण एउटै रहेको रहेको बताउँदै नीति तथा कार्यविधि बनाएर व्यवस्थीत र समानुपातिक ढंगले सञ्चार मन्त्रालय मार्फत नै बजेट खर्च हुने बताए ।
बजेटमा दाङ केन्द्रीत मिडियालाई मात्रै बजेट बिनियोजन गरेको गुनासो आफुसमक्ष समेत आईरहेको बताउँदै मुख्यमन्त्री चौधरीले मिडियाको क्षेत्रमा छुट्टाईएको १२ करोड रकम समावेसी ढंगले बिनियोजन गरिने दोहो¥याए । उनले सांसदहरुले आफुले पाएको सिलिंङ अनुसार मिडियाको नाममा बजेट मागेको भएपनि त्यो पैसा खर्च गर्न नमिल्ने बताउँदै ती बजेटलाई एकमुष्ट बजेटमा समावेस गरी खर्च गर्ने बताए ।
‘मिडियामा जसरी दाङको मुख्यमन्त्री र अर्थमन्त्री भएकोले दाङमा बढि बजेट गएको छैन्, समान ढंगले बिरतण भएको छ ।’ उनले भने,‘सञ्चार क्षेत्रमा पनि एकमुष्ठ बजेटनै छ। एकल रुपमा आएका बजेट खर्च गर्न मिल्दैन, ति सबैलाई एउटै शिर्षकमा समावेस गरेर समानुपातिक ढंगले बितरण गर्नेछौँ ।’
उनले लुम्बिनी प्रदेशलाई पर्यटकीय प्रदेश बनाउने योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारको आयोजनामा नेपालमै पहिलो पटक लुम्बिनीमा ‘लिडर टु लोरेन्स’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।
बुद्ध जन्मस्थल लुम्बिनी सहित बुद्ध सर्किट रहेको लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउनको कार्यक्रम महत्वपूर्ण हुने बताए । सन २०२४ जनवरी १५ मा हुने कार्यक्रममा झण्डै १ दर्जन नोवेल पुरस्कार बिजेताहरु(लोरेन्स) र करिब १ दर्जन राष्ट्रका राष्ट्र प्रमुख कार्यक्रममा सहभागि हुने उनले जानकारी दिए ।
उनले लुम्बिनी प्रदेश सरकार अहिले रोजगारी शिर्जनाको काममा लागिरहेको बताउँदै यो कार्यक्रम बाट पनि रोजगारी सिर्जना हुनेगरि तयारी भईरहेको बताए ।
‘बुद्ध जन्मस्थल लुम्बिनी हामीसँग छ, यसलाई हामीले केन्द्रमा राखेर पर्यटकीय परिपथ बनाउदा सबै क्षेत्रमा रोजगारी सिर्जना हुँन्छ ।’ उनले भने,‘लिडर टु लोरेन्स’ कार्यक्रमले पनि रोजगारी सिर्जना गरोस भन्ने हिसाबले हामीले तयारी थालिरहेका छौँ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित