थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

ज्योति नगर पहिरोको सहि व्यवस्थापन गर्छौं – पूर्वमन्त्री श्रेष्ठ

 

बुटवल । गतवर्षको वर्षातमा पहिरोका कारण राष्ट्रिय रुपमा चर्चित बुटवल ३ को ज्योति नगरबासीहरु संग लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले पहिरो व्यवस्थापनबारे नेकपा एमालेले हिजो गरेका र अबका योजनाबारे अन्तरक्रिया गरेका छन् । २०५५ सालमा बुटवल नगरपालिकाको नगरप्रमुख हुँदा आफुले तत्कालीन ज्योतिनगरको पहिरोलाई गहिरोसँग बुझेको र पहिरोपीडित ५६ घरपरिवारलाई तामनगरमा जग्गा उपलब्ध गराएको स्मरण गर्दै यसपटकको पहिरो २०७२ सालको भूकम्प पश्चात् ज्योतिनगर चुरे क्षेत्रमा फेरि हलचल आएपछि आएको बताए । बुधबार सो अन्तरक्रियामा बोल्दै श्रेष्ठले भूगर्भविद् तथा विषय विशेषज्ञको अनुसन्धान तथा परिक्षणबाट यस क्षेत्रको बसोवास स्थायित्व गर्न सकिने या नसकिने बुझेर सहि व्यवस्थापन गर्नमा एमालेले नेतृत्व गर्ने बताए ।

ज्योतिनगर क्षेत्र लगायत अधिकांश बुटवल क्षेत्रमा झुम्सा खोलाबाट स्वच्छ खानेपानी ल्याउने प्रक्रिया अगाडि बढेको बताउँदै खानेपानीको बजेट अभाव नहुने श्रेष्ठले बताए । जनताको पक्षमा वकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, सर्वपक्षीय समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए।

कार्यक्रमा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य कमल गौतम, विष्णु के सी, सहदेव श्रेष्ठ, दुर्गा पराजुली लगायतले एमालेलाई जिताउने गरि जुट्न आह्वान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित