निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

नेपाली काँग्रेसको वटम लाईन देउवा प्रधानमन्त्री – डा महत

बुटवल ।  नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवालाई नै  प्रधानमन्त्री बन्ने बताएका छन् ।
उनले  निर्वाचन पछि  सवै भन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर बहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए ।

नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा महतले  १६५ सिट मध्ये ९१ सिटमा नेपाली काँग्रेस उम्मेदार भएकोले  अन्य पार्टी भन्दा  निश्चित रुपमा  धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे ।
बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै प्रवक्ता डां महतले तत्कालिन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकिर गरे ।
पाँच बर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउने भन्दा अरु नयाँ केही नभएको दावी गरे । उनले भने, ५ बर्षअघि समेटिएका पानी जहाज, पाईप लाईन ग्याँस र रेल जस्ता कुराहरु कार्यान्वयन भन्दा पनि फगत मात्रै भएको सरकार चलाउँदा पुष्टि भईसकेको छ ।

एमाले र नेकपा माओवादी केन्द्र विच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको जनाए ।

नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ ? एमालेले जारी गरेको घोषण पत्रमा पनि रेल  सञ्चालन गर्ने र काँग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा.महतले भने, हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन् । हामी ऋण काढेर रेलमा लगानी गर्नै पक्षमा छैनौं ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले आगामी दिनमा संघिय निर्वाचनमा काँग्रेसका महिला नेतृहरुलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने जनाईन् ।  कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र  तेजेन्द्र के सीको संञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित