लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर ५१ जना एमालेमा प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई जिताउनु पर्ने निष्कर्षका साथ एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन् ।
कार्यक्रममा एमालेका नेताहरुले क्षेत्र नं. ५ का बासिन्दाले योग्य र विकासप्रेमी जनप्रतिनिधि चाहेकोले पार्टीले सोहीअनुसार उम्मेदवार उठाएको बताउँदै चुनावी अभियानमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । सो अवसरमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले मुलुकको विकास र समृद्धिको लागि नेकपा एमालेको विकल्प नभएको बताउँदै क्षेत्र नं. ५ लाई विकासमा नमूना बनाउने आफ्नो स्पष्ट भिजन रहेको बताए । यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सत्तामा भएर पनि एमालेसँग एकल चुनाव लड्ने आँट नभएकोले नेपाली काँग्रेसले धेरै पार्टी मिलाएर गठबन्धन गरेको चर्चा गर्दै एमालेको जित सुनिश्चित गर्न मतदाता जाग्नु पर्ने समय आएको बताए ।
कार्यक्रममा पार्टीका जिल्ला उपसचिव चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकामा एमालेको नेतृत्व रहँदा सुरु भएका सैनामैना चक्रपथलगायतका विकासका कामलाई अघि बढाउन समेत एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे । पार्टी प्रवेश गरेका राजु थारुले आफ्नो क्षेत्रमा एमाले पार्टीले विकासको लागि महत्वपूर्ण काम गरेकोले आफूहरु राजी खुसी पार्टी प्रवेश गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित