रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्र ‘अतिसंवेदनशील’

बुटवल । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचिमा राखिएको छ। प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन रहेको रुपन्देहीमा २१३ मतदान स्थल र ७०७ केन्द्र रहेका छन् ।

मतदान स्थल मध्ये ५ वटा मतदान स्थल भने अस्थायी मतदान स्थल हुन् । जिल्ला कारागार रुपन्देही, २७ नं. गण हेड क्वाटर बेलहिया, रामनगर व्यारेक बुटवल, श्री नं. २ सैन्य तालिम केन्द्र सैनामैना र श्री सैनिक व्याटल स्कुल सालझण्डीलाई अस्थायी मतदान स्थलको रुपमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले जिल्लामा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी विश्लेषण र मूल्याङ्कनको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थललाई तीन किसिमबाट वर्गीकरण गरेको हो। वर्गीकरणका लागि मतदान स्थलको भौतिक संरचना, सीमानाकासँगको निकटता, भौगोलिक अवस्था, प्रहरी कार्यालयदेखिको दूरी तथा सुरक्षा सतर्कता र विगतमा निर्वाचनमा हुने गरेको घटनालाई जिल्ला सुरक्षा समितिले सूचकको रुपमा लिएको छ ।

जिल्लामा रहेका मतदान स्थलहरु मध्ये ६६ मतदान स्थल र २२२ केन्द्रलाई संवेदनशील र ८२ मतदान स्थल र २९९ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले समान्यको सूचिमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए । मतदान स्थल र केन्द्र मध्ये सीमानाकासँग नजिक भएका क्षेत्रका धेरै मतदान स्थल र केन्द्र अतिसंवेदनशीलको सूचिमा वर्गिकरण गरिएको प्रवक्ता अर्यालले बताए । निर्वाचन प्रयोजनका लागि रुपन्देहीमा ३ हजार ९५ जना म्यादी प्रहरी भर्ना गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित