मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी प्रदेशका सांसदलाई घुमाउँरो बाटोबाट करोडौ रुपैया दिने तयारी

लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने छैन । संघीय सरकारले ल्याएको ‘निर्वाचन क्षेत्र विकास कोष’ कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला लुम्बिनी सरकारले भने योजना छनोटमार्फत् सांसदहरूलाई बजेट दिने तयारी गरेको हो ।

बजेट निर्माणको अन्तिम तयारीमा जुटेको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदैछ ।

प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई दुई करोड २५ लाख बराबरको योजना छान्न दिनेगरी बजेटले सम्बोधन गर्ने तयारी गरिएको हो । तर यस्तो जिम्मेवारी प्रदेश सभामा प्रत्यक्ष निर्वाचन जितेका ५२ जनाले मात्र पाउने भएपछि ३५ समानुपातिकबाट आएकाहरू नदिइने तयारी बाहिर आएपछि उनीहरू आक्रोशित भएका छन् ।

राप्रपाकी प्रदेशसभा सदस्य मीना श्रेष्ठले सरकारले नै प्रत्यक्ष र समानुपातिक भनेर विभेद गर्न थालेकाे बताइन । प्रदेश सभामा ३५ समानुपातिकमध्ये ३२ जना महिला छन् भने ५२ प्रत्यक्षमा १ जना मात्र महिला सांसद निर्वाचित छन् ।

यसअघि लुम्बिनी प्रदेशमा सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदले ३ करोड र प्रतिपक्षका सांसदले १ करोड ५० लाख र समानुपातिक सांसदले ७५ लाखसम्मका योजना समावेश गर्न पाउने व्यवस्था थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित