दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनी प्रदेशका सांसदलाई घुमाउँरो बाटोबाट करोडौ रुपैया दिने तयारी

लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने छैन । संघीय सरकारले ल्याएको ‘निर्वाचन क्षेत्र विकास कोष’ कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला लुम्बिनी सरकारले भने योजना छनोटमार्फत् सांसदहरूलाई बजेट दिने तयारी गरेको हो ।

बजेट निर्माणको अन्तिम तयारीमा जुटेको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदैछ ।

प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई दुई करोड २५ लाख बराबरको योजना छान्न दिनेगरी बजेटले सम्बोधन गर्ने तयारी गरिएको हो । तर यस्तो जिम्मेवारी प्रदेश सभामा प्रत्यक्ष निर्वाचन जितेका ५२ जनाले मात्र पाउने भएपछि ३५ समानुपातिकबाट आएकाहरू नदिइने तयारी बाहिर आएपछि उनीहरू आक्रोशित भएका छन् ।

राप्रपाकी प्रदेशसभा सदस्य मीना श्रेष्ठले सरकारले नै प्रत्यक्ष र समानुपातिक भनेर विभेद गर्न थालेकाे बताइन । प्रदेश सभामा ३५ समानुपातिकमध्ये ३२ जना महिला छन् भने ५२ प्रत्यक्षमा १ जना मात्र महिला सांसद निर्वाचित छन् ।

यसअघि लुम्बिनी प्रदेशमा सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदले ३ करोड र प्रतिपक्षका सांसदले १ करोड ५० लाख र समानुपातिक सांसदले ७५ लाखसम्मका योजना समावेश गर्न पाउने व्यवस्था थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित