मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीको दोस्रो पूर्ण बैठकले गरेको निर्णय यी हुन !

एमालेको भातृ संगठन राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिब सुमन पुरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बिभिन्न खालका जिम्मेवारी बाडफाड गरेको छ । संगठनलाई विस्तार शुद्धिकरणसहित चलायमान बनाउने उद्वेश्यले कमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाडबाफाड गरिएको राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष विकास बस्नेतले जानकारी गराएका छन् ।

अध्यक्ष बस्नेतका अनुसार साउन पहिलो हप्ता भित्र बुटबल उपमहानगर कमिटी, सिदार्थनगर नगर कमिटी, सैनामैना नगर कमिटी, सियारी गाउं कमिटीको अधिवेशन गरिने छ ।

त्यस्तै मायांदेवी, कञ्चन, गैडहवा गाउं कमिटीको अधिवेशन गर्ने बैठकबाट निर्णय भएको छ । दक्षिण भागमा रहेका ४ बटा पालिका लुम्बिनी, मर्चवारी, समरिमाई र कोटहिमाई गाउं कमिटीलाई भदौ महिनामा संगठन विस्तारसहित दक्षिण जाउ अभियान सन्चालन गर्ने अध्यक्ष बस्नेतले बताए । साथै संगठनले मदन जयन्तीको अवसरमा साताब्यापी रचनात्मक कार्यक्रम गर्ने निणर्य गरेको छ ।

असार १३ गते सहकारी विभाग, असार १४ गते साइवर सर्कल, असार १५ गते कृषि विभाग, असार १६ गते क्षेत्र नम्वर २, असार १७ गते क्षेत्र नम्वर १, असार १८ गते क्षेत्र नम्वर ५, असार १९ गते क्षेत्र नम्वर ३ को क्षेत्रीय कमिटीको विशेष कार्यक्रम गर्नका लागि जिम्मेवारी बाडफांड गरिएको छ ।

राष्ट्रिय युवा सघं नेपाल केन्द्रीय कमिटिले सन्चालन गरेको मिसन ग्रास रुट अन्र्तरगत मिसन नेस्ट इलेक्सन, तारकेट न्यु जेनेरेसनलाई रुपन्देही जिल्ला कमिटिले विशेष अभियानका रुपमा सन्चालन गर्ने बैठकबाट निर्णय भएको अध्यक्ष विकास बस्नेतले बताए । बैठकमा राष्ट्रिय युवा सघं नेपालका महासचिब सुमन पुरी, नेकपा एमालेका रुपन्देही सदस्य तथा युवा इन्चार्ज नकुल शाही ठकुरी, केन्द्रीय सदस्य किरण नेपाल, नवराज थापा, दिपक खड्की र दिपेश कडेल लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित