आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

बुटवल । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउंंदैछ ।
दाङस्थित प्रदेशसभा भवनमा आज प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
असार १ गते आगामी वर्षको बजेट ल्याउन लागेको सरकारले त्यसअघि सरकारका प्राथमिकता समेटेर नीति, कार्यक्रम ल्याउन लागेको हो । नीति, कार्यक्रममा समावेश भएका योजना, सरकारको प्राथमिकतालाई ध्यान दिंदै बजेट ल्याइने छ । नीति, कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएपछि त्यसपछि सांसदहरुले छलफलमा भाग लिनेछन ।
नीति, कार्यक्रम प्रदेशसभामा छलफल पछि पास गरेर सरकारले बजेट ल्याउने छ । सरकारको नीति, कार्यक्रममा कृषि तथा रोजगारीलाई प्रथामिकतामा राख्ने बताइएको छ ।
यस्तै, प्रदेशका गौरवका आयोजनालाई पनि प्राथमिकीकरण गरिएको छ । पर्यटन र शिक्षालाई पनि सरकारले प्राथमिकतामा राख्ने बताइएको छ ।
प्रदेश सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले आमजनताको मनोभावनालाई बुझेर, जनजीविकालाई प्रत्यक्ष प्रभाव पार्ने गरी नीति, कार्यक्रम ल्याउन लागेको बताए ।
सरकारले आगामी वर्षको नीति कार्यक्रममा अहिलेसम्मका सरकारले ल्याएका राम्रा, उपयोगी र जनतामा उपलब्धीमूलक बनेका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कृषिमा केन्द्रित गरेर मुख्यमन्त्री शंकर पोखरेलले कृषि स्मार्ट कार्यक्रम ल्याएका थिए । जुन कार्यक्रम अहिले पनि निरन्तर छ ।
त्यसलाई यो सरकारले पनि निरन्तरता दिनेछ । त्यस्तै अघिल्लो सरकारले खानेपानीको क्षेत्रमा लगानी गर्ने गरी ल्याएको एक घर, एक धारा कार्यक्रमले पनि निरन्तरता पाउने सम्भावना छ ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकारले जनतामा उपलब्धि देखिने पुराना सबै कार्यक्रमलाई निरन्तरता दिने र बांकी रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम र योजना तयारी गरिरहेको बताए । उनले सीप विकास, आत्मनिर्भर जनता, उपयोगमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित