मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए

गत जेठ १६ गते बाँकेमा भएको कार दुर्घटनामा सशस्त्र प्रहरी बलका वरिष्ठ हवलदार सुवास अधिकारीले ज्यान गुमाए।

सुवास गोरखाको पालुङटार नगरपालिका–३ (साविकको आँपपिपल गाविस) का स्थायी बासिन्दा थिए। सुवाससँगै कार दुर्घटनामा उप-प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खड्काको पनि मृत्यु भयो।

रक्षामन्त्री खड्काले काडमाडौँबाट सुर्खेतका लागि भाइबुहारीको कार चलाउने जिम्मा दिएर आफ्ना गाडी चालक सुवासलाई पठाएका थिए।

खड्काले आफ्नो निजी चालकका रुपमा राखिएका सुवासलाई बुहारीको चालक बनाएर पठाएपछि उनमााथि प्रश्न उठेका छन्।

यो घटनाले भीआईपीहरुले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई अन्य काममा खटाएर राज्यशक्तिको दुरुपयोग गरिएको खुलेको छ।

भाइबुहारीको दाहसंस्कारमा सहभागी भएका खड्काले गत ६ वर्षदेखि आफ्नो सुरक्षामा खटिएका सुवास बितेपछि उनका परिवारलाई अहिलेसम्म सम्पर्क गरेका छैनन्।

याे पनि

बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित