मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए

बुटवल । जेठ १६ गते बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका हवलदार सुवास अधिकारीको मृत्युमा रक्षामन्त्री पूर्ण बहादुर खड्का जोडिएका छन् । दुर्घटना भवीतव्य भएपनि जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोलानजिकै कारलाई बसले ठक्कर दिँदा कारका चालक सशस्त्र प्रहरीका हवलदार सुवास अधिकारीको मृत्यु भएको थियो । सो दुर्घटनामा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खाती खड्काको पनि निधन भएको थियो ।
रक्षामन्त्री खड्काले आफ्नी भाई वुहारी वीरेन्द्रनगर नगरपालिका–७ निवासी डा. सञ्जु खाती खड्कालाई रारा घुमाउन व्यक्तिगत प्रयोजन सहित पदिय दुरुपयोग गर्दै कार चालकका रुपमा सशस्त्रका हवलदार अधिकारीलाई काठमाडौंबाट पठाएका थिए ।
तर बा १३ च ८२५३ नम्बरको कार धनगढीबाट पूर्वका लागि छुटेको मे १ ख ३३३५ नम्बरको बस संग ठोकिन पुग्दा र्दुघटनामा डा. सञ्जु र अधिकारीको मृत्यु भएको थियो । मृतक सशस्त्र प्रहरीका हवलदार अधिकारी गोरखाको आँपपिपलका हुन ।
प्रहरी हवलदार अधिकारी कसरी डा. सञ्जुको चालक बन्न पुगे भन्ने विषय पनि सशस्त्र प्रहरी बल भित्र अहिले अनुसन्धानको विषय बनेको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले हवलदार कसरी चालकको रुपमा खटाइ भन्ने बारे अहिले छानविन भइरहेको बताए । उनले अधिकारीले कसको आदेश अनुसार व्यक्तिगत चालक बनेर गएको विषयमा पनि आफुहरुले छानविन गरिरहेको बताए ।
रक्षामन्त्री खड्काले सशस्त्र प्रहरी बललाई समेत जानाकारी नदिई व्यक्तिगत प्रयोजन सहित डा. सञ्जुको चालक बनाएर पठाउँदा अधिकारीको मृत्यु भएको भन्दै अहिले खड्काको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
युवा नेता रवि किरण हमालले सशस्त्र प्रहरीलाई चालक बनाएर पठाउने उपप्रधानमन्त्री खड्काले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन ।
सामाजिक सञ्जालमा उनले शक्तिको दुरुपयोग रक्षामन्त्री खड्काले गरेको भन्दै छानविन समेत हुनुपर्ने बताएका छन् ।
चालक हवलादर सुवास अधिकारीको परिवारले दाहसंस्कारसमेत गरिसकेका छन् । त्यस्तै डा. सञ्जुको दाहासंस्कार पनि जेठ १९ गते गत शुक्रबार गरिएको छ । मृतक अधिकारीको परिबारले भने यस बारे केही बोल्न चाहेका छैनन् ।
पालुङटार नगरपालिका वडा नं. ३ गोरखाका वडा अध्यक्ष रविन्द्र अधिकारीले घटना बारे परिबारका कुनै पनि सदस्यले मिडियामा बोल्न नखोजेको बताए । घटना दुःखद भएको भन्दै यस बारे आफुलाई पनि धेरै जानकारी नभएको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित