दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अखण्ड भारतको नक्शामा नेपालको भूभाग समेटिएको जानकारी छैन: परराष्ट्र मन्त्री साउद 

भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन्। उक्त भित्तेचित्रलाई लिएर देशभर विरोध भइरहँदा परराष्ट्र मन्त्री एनपी साउदले भने नेपाल सरकारलाई यसबारे जानकारी नै नभएको बताएका छन्।

भारतीय सञ्चारमाध्यम आजतककी पत्रकारले ‘नेपालको भूभाग पनि समेटिएको अखण्ड भारतको भित्तेचित्र भारतीय संसद् भवनमा राखिएको छ। अखण्ड भारतले नेपालको सार्वभौमसत्तालाई हनन गर्ने भन्दै विरोध पनि भइरहेको छ। यसबारे थुप्रै नेताले नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग यो मुद्दा उठाउनुपर्ने भनेका थिए। के यो मुद्दा उठ्यो? उठेन भने पनि यसमा नेपालको धारणा के छ’ भनेर प्रश्न गरेकी थिइन्।

जवाफमा मन्त्री साउदले भित्तेचित्रबारे आफू (सरकार)लाई थाहा नभएको बताए। “हेर्नुस्, यो मुराल (भित्तेचित्र)को कुरा हामीलाई जानकारी छैन। र, जुन कुरा हाम्रो जानकारीमा छैन, त्यसबारे भारतले नै आफ्नातर्फबाट बोल्छ,” उनले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित