मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि

बुटवल। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ ।

यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि जेठ १५ भित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताए । यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १९ मा अन्त्य भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित