‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्विरोध

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् । यसअघि रस्साकस्सीमा गएका संगठनहरु अनेरास्ववियुको नेतृत्वमा नयाँ नेतृत्व छान्न तयार भएका हुन् ।

जसअनुसार सचिवमा नेविसंघका निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्वयिुका श्रृजन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निवाचित भएका हुन् ।

निर्वाचन अधिकृत सहप्राध्यापक गोपालप्रसाद पाण्डेले दिएको जानकारीअनुसार निर्वाचन तालिकामा जेठ ११ गते दिउँसो ११ बजेसम्म प्राप्त उम्मेदवारी फारामअनुसार उनीहरुको मात्रै उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले निर्विरोध भएका नामावलीबारे १२ गते दिउँसो साढे १२ बजेसम्म कसैको दाबी विरोध भए पेश गर्न आग्रह गरेको थियो । १९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी संगठनले गरेको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारीले सहसचिवसहित २ सदस्य, विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिने गरी सहमति भएको अनेरास्ववियुका सरोज पोखरेलले बताए ।

प्रत्यक्षतर्फको आज टुंगो लागेपछि सोहीअनुसार समानुपातिकको टुंगो लाग्ने बताइएको छ । चैत ५ गते निर्वाचनका लागि नामावली प्रकाशन भएको अवस्थामा अनेरास्ववियुबाहेकका विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि रोकिएको निर्वाचन कार्यक्रम उच्च अदालत तुल्सीपुर बुटवल इजलासको बैशाख १० मा ३० दिनभित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशपछि पुनः प्रक्रियामा गएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित