‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

कर्मचारी संगठनले भन्यो–तिलोत्तमाका स्वास्थ्यकर्मीको तलव तत्काल उपलव्ध गराउ

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएको भन्दै यथाशीघ्र समस्या संबोधन गर्न माग गरेको छ ।

संगठनले एक विज्ञप्ती जारी गर्दै भोको पेटले काम र्ग नसक्ने भन्दै लामो समयदेखिको तलव तत्काल उपलव्ध गराउन ध्यानाकर्षण गराएको हो । संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा स्थायी सरकारको रुपमा अहोरात्र सेवा प्रवाहमा खटिने राष्ट्रसेवक कर्मचारीहरुको गुनासो तत्काल संबोधन गर्न माग गरिएको हो ।

एउटै कार्यक्षेत्रमा काम गरिरहेका कर्मचारीलाई समान व्यवहार नगरी पारिश्रमिक रोक्नु अमानवीय र गैरन्यायिक हुने भएकाले कर्मचारीलाई समान व्यवहार गर्न, आन्दोलनमा जानबाट रोक्न स्थायी समाधानका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइएको छ । संगठनले स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति ऐक्यवद्धता समेत जनाएको छ । नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीलगायत कर्मचारीहरुबाट हुने थप आन्दोलन र विरोधका कार्यक्रमप्रति संगठनको सधै साथ र सहयोग हुने भन्दै विज्ञप्तीमा यसबाट पर्न जाने असरको जिम्मेवार सम्बन्धित पक्ष नै हुने उल्लेख गरिएको छ ।

 

तिलोत्तमा नगरपालिकाका ७७ जना स्थायी स्वास्थ्यकर्मीहरुले तलव खान पाएनन्

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित