कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

फोहरले कुरुप देखिँदै लुम्बिनी

लुम्बिनी – विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ। लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ।

‘महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फलिएका फोहर सडेर लुम्बिनी दुर्गन्धित र कुरुप देखिएको छ,’ स्थानीय व्यापारी बबिन बरइले भने, ‘पर्यटकीयस्थल सफा, सुन्दर र आकर्षक हुनुपर्नेमा त्यसो हुनसकेको छैन।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहर व्यस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरइले बताए। बजारभरिका फोहर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फलिँदैछन्, तर सरोकारवालाले ध्यान नदिएको उनको गुनासो छ।

लुम्बिनी विकास कोषको मुख्य गेट (गेट नं ५) महिलवार चोकस्थित सडकपेटी र ट्याक्सी बिसौनी वरपर फोहरको थुप्रो छ। बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागि लुम्बिनी पुगेका जापानी पर्यटक केङ्गो नोगुचीले नाक खुम्च्याउँदै भने, ‘फोहरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ।’

लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोष समेतले फोहर व्यवस्थापन र सरसफाइका लागि बर्सेनि लाखौँ खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको सञ्चारकर्मी दिनेश लोधले बताए। उनले भने, ‘पर्यटकले फोहरको फोटो खिच्दा हामी लाजले भुतुक्कै हुन्छौँ, तर सरोकारवालालाई चासो छैन।’

‘लुम्बिनी विकास कोष वरिपरिको सडकपेटी र महिलवार, पर्सालगायत चोक फोहर थुपार्ने ठाउँजस्तै बनेको छ,’ स्थानीय सञ्चारकर्मी लोधले भने, ‘वर्षात्को समयमा त फोहर सडेर दुर्गन्धले बस्न र हिँड्नसक्ने अवस्था हुँदैन।’ फोहरमैलाको शीघ्र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालालाई उनको आग्रह छ।

‘जथाभावी फालिने फोहरमैलाका कारण त्यस क्षेत्रमा लामखुट्टेको प्रभाव बढी हुनुका साथै डेङ्गुलगायत अनेकौँ रोगले समेत आक्रमण गर्न सक्ने खतरा छ,’ लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले भने, ‘फोहर व्यवस्थापन नहुँदा लङ्कापुरस्थित तेलार नदीको छठघाटमा बर्सेनी हुँदै आएको पूजासमेत प्रभावित हुने खतरा छ।’

लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका सङ्घसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन्। स्थानीयस्तरमा लुम्बिनी सरसफाइ व्यवस्थापन समिति र ग्रीन युथ आफ लुम्बिनीलगायतका सङ्घसंस्था पनि लुम्बिनीको सरसफाइ र फोहर व्यवस्थापनका लागि सक्रिय छन्।

लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहहीले सरसफाइ र फोहर व्यवस्थापनका लागि यस आर्थिक वर्ष २०७८/७९ मा रु ८० लाख बजेट विनियोजन गरेको छ। दसैँअघि बसेको नगरपालिकाको बोर्ड बैठकमा यहाँको सरसफाइ र फोहर व्यवस्थानबारे प्रस्ताव ल्याइए पनि सफल हुन नसकेको वडा नं ६ का वडाध्यक्ष नैमुल हक मुसलमानले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोपेन्द्रप्रसाद पाण्डेले भने, ‘फोहर व्यवस्थापनका लागि ल्याइएको प्रस्तावमा बोर्ड बैठकबाट सहमति हुन नसके पनि नगरपालिकाले तत्काल फोहरमैला व्यवस्थापन कार्य अघि बढाउने कार्ययोजना छ।’ उनले छठपछि जसरी पनि त्यहाँको फोहर हटाइने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित