‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

चन्दा उठाएको आरोपमा नेकपा बहुमत पाल्पा संयोजक कारवाहीमा

चन्दा उठाएको आरोपमा नेकपा (बहुमत) पाल्पाका संयोजक मुक्ति गैरे कारवाहीमा परेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्य नेकपा विभाजन भएपछि धमेन्द्र र सुदर्शनको नेतृत्वमा गठित नेकपा –(बहुमत) को पाल्पा संयोजक थिए मुक्ति गैरे ।रुपन्देहीका केही व्यवसायीलाई धम्काएर चन्दा उठाएको आरोपमा पाल्पाका मुक्ति गरैलाई नेकपा (बहुमत) पार्टीले कारवाही गरेको हो ।

चन्दा उठाएर आर्थिक अराजकता मच्चाएको भन्दै गैरेलाई नेकपा (बहुमत) पार्टीले रुपन्देही जिल्ला पार्टी कार्यालयमा ३ दिन भित्र उपस्थित हुन अल्टिमेटम दिएको छ ।
उक्त समूहका प्रवेश र विजयले शनिबार संयुक्त वक्तव्य जारी गरी गैरेलाई कार्यालयमा उपस्थित नभए थप कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

गैरेले रुपन्देहीका व्यवसायी र शैक्षिक संस्थाहरुबाट आर्थिक उठाएको र होटलमा बसी जाँडरक्सी खाँदै हिडेको वक्तव्यमा उल्लेख छ ।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएको बेला गैरेले प्रहरीसामु आत्मसमर्पण गरेको र महिला सहयोद्धालाई यौनजन्य दुव्र्यवहार गरेको पार्टीमा गैरेलाई आरोप लागेको थियो ।
उनले नेत्रविक्रम चन्द नेतृत्व नेकपाविरुद्व सामाजिक सञ्जालहरुमा अनर्गल प्रचार गर्दै आएका थिए ।

गैरेले आफुलाई पत्रकार बताउदै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित