दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

चन्दा उठाएको आरोपमा नेकपा बहुमत पाल्पा संयोजक कारवाहीमा

चन्दा उठाएको आरोपमा नेकपा (बहुमत) पाल्पाका संयोजक मुक्ति गैरे कारवाहीमा परेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्य नेकपा विभाजन भएपछि धमेन्द्र र सुदर्शनको नेतृत्वमा गठित नेकपा –(बहुमत) को पाल्पा संयोजक थिए मुक्ति गैरे ।रुपन्देहीका केही व्यवसायीलाई धम्काएर चन्दा उठाएको आरोपमा पाल्पाका मुक्ति गरैलाई नेकपा (बहुमत) पार्टीले कारवाही गरेको हो ।

चन्दा उठाएर आर्थिक अराजकता मच्चाएको भन्दै गैरेलाई नेकपा (बहुमत) पार्टीले रुपन्देही जिल्ला पार्टी कार्यालयमा ३ दिन भित्र उपस्थित हुन अल्टिमेटम दिएको छ ।
उक्त समूहका प्रवेश र विजयले शनिबार संयुक्त वक्तव्य जारी गरी गैरेलाई कार्यालयमा उपस्थित नभए थप कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

गैरेले रुपन्देहीका व्यवसायी र शैक्षिक संस्थाहरुबाट आर्थिक उठाएको र होटलमा बसी जाँडरक्सी खाँदै हिडेको वक्तव्यमा उल्लेख छ ।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएको बेला गैरेले प्रहरीसामु आत्मसमर्पण गरेको र महिला सहयोद्धालाई यौनजन्य दुव्र्यवहार गरेको पार्टीमा गैरेलाई आरोप लागेको थियो ।
उनले नेत्रविक्रम चन्द नेतृत्व नेकपाविरुद्व सामाजिक सञ्जालहरुमा अनर्गल प्रचार गर्दै आएका थिए ।

गैरेले आफुलाई पत्रकार बताउदै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित