भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

निक्षेपकर्ताको पैसाबाट शिव शिखर सहकारी सञ्चालककी श्रीमतीलाई अढाई करोडको कार

सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । सहकारीको पैसा आफ्ना कम्पनीमा लगानी गरेर शर्मादम्पतीले त्यसको दुरुपयोग गरेका थिए । त्यसबाट उनीहरूले आफ्ना निजी सम्पत्ति जोडेका थिए । केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी खरिद गरेकी थिइन् । सो गाडी सिआइबीले बरामद गरिसकेको छ । उनीहरूको नाममा रहेको अन्य सम्पत्ति पनि सहकारी विभागले यसअघि नै रोक्का राखिसकेको छ ।

यसरी डुब्यो सहकारी
सहकारीको पैसा लगाएर शर्मादम्पतीले खोले तीन दर्जन कम्पनी ०७० मा स्थापना भएको शिव शिखर सहकारीले अन्य सहकारीले भन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गर्‍यो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्ममा लगानी गर्‍यो । शिखरदीप सकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो ।

जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँवा पनि फिर्ता भएन । उता सहकारीमा एकैपटक पैसा निकाल्नेहरू बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लाग्न थाल्यो ।

सुरुमा सहकारी विभागले सबै पक्षबीच छलफल गरेर समस्या समाधानको प्रयास गरेको थियो । तर, समाधान हुने सम्भावना नदेखेपछि सञ्चालक र ऋण लिएका कम्पनीको सम्पत्ति रोक्का गरी अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्‍यो ।

सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । हाल उनी फरार छन् भने उनकी श्रीमती गीता शर्मा सिआइबी हिरासतमा छिन् । शर्मादम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । केदारनाथ विराटनगरको तुलसी सहकारीका पनि पूर्वअध्यक्ष हुन् । उनी लामो समयसम्म दुई सहकारीको अध्यक्ष थिए । तुलसी सहकारीका सञ्चालकविरुद्ध ५० करोड हिनामिनाको अभियोगमा गत चैतमा प्रहरीले मुद्दा दायर गरिसकेको छ ।

शिखर अर्गनाइजेसनमार्फत शर्मादम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । सो अर्गनाइजेनअन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्ड्रस्ट्रिज, गोरखा टी एन्ड कफी, गोरखा वेभरेज, तुलसी मोटर पम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखरदीप एग्रो, शिव शिखर एग्रो, नटराज एग्रो कम्पनी सञ्चालन गरेका थिए । त्यस्तै, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग, आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्स्ट्रक्सन एन्ड मल्टी सोलुसन प्रालि, काइन्डल्ली केयर इन्ड्रस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो इन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्ड्रस्टिज र तुलसी एग्रो सञ्चालन गरिएको थियो । यीमध्ये केही बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् ।

सो संस्थाका विभिन्न ठाउँमा घरजग्गा पनि छन् । शर्मादम्पतीको नाममा कम्पनीमा पनि करोडौँको सम्पत्ति छ । त्यसलाई पनि रोक्का गरिएको छ ।

शिव शिखर सहकारीले गर्‍यो एक लाख निक्षेपकर्ताको १४ अर्ब हिनामिना

हालसम्म भक्तपुरका मात्रै निक्षेपकर्ताले २० करोड रुपैयाँभन्दा धेरै ठगीको जाहेरी दिइसकेका छन् । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय भई देशभरि २६ वटा शाखा कार्यालय तथा सेवा केन्द्र चलाउँदै आएको शिव शिखर सहकारीमा करिब १४ अर्ब रुपैयाँ हिनामिना भएको प्रहरी आकलन छ । नेपालमा सहकारी ठगीको यो अहिलेसम्मकै ठूलो घटना हो । यसअघि सिआइबीले नै सिभिल सहकारीमा करिब ६ अर्ब हिनामिनाको मुद्दा चलाएको थियो । शिव शिखरमा एक लाख सदस्य ठगिएको सिआइबीको आकलन छ ।

सहकारीका तीनजनालाई पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । संस्थाका सञ्चालकद्वय अमिसराज भण्डारी र पुष्कर मल्ल तथा सहकारीको मुख्य ऋण लगानी रहेको शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मालाई सिआइबीले पक्राउ गरेको हो ।

‘सहकारीको शाखा देशभरि रहेछ, सम्भवतः सहकारीको ठगीमा यो अहिलेसम्मकै ठूलो केस हो,’ सिआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘एक लाखभन्दा धेरै सेयर सदस्यको रकम संस्थामा डुबेको आकलन छ । दिनदिनै जाहेरी थपिएका छन् ।’ प्रहरीले पहिलो चरणमा भक्तपुरका ग्राहकको मात्र जाहेरी लिएर भक्तपुर जिल्ला अदालतमा ठगी मुद्दा चलाउने तयारी गरेको छ । कौशलटारको केन्द्रीय कार्यालयसहित भक्तपुरको कमलविनायक, सल्लाघारीमा सहकारीको सेवा केन्द्र छन् । हाल ती सबै बन्द छन् ।

शुक्रबार सिआइबीमा भेटिएका भक्तपुरका राजेन्द्र प्रजापतिले आफ्नो २६ लाख सहकारीमा फसेको बताए । ज्यामी काम गर्ने उनी भन्छन्, ‘अलि धेरै ब्याज आउला भनेर राखेको, हाम्रो त परिवारकै वर्षाैँको कमाइ डुब्ने भयो ।’

अर्का एक युवकले गत असोजमा मात्र १० लाख रुपैयाँ राखेका थिए । ‘बैंकले १३ प्रतिशत ब्याज दिएको थियो, शिव शिखर सहकारीमा १४ प्रतिशत भएकाले त्यहीँ लगेर राखेँ,’ उनले भने, ‘सहकारी समस्यामा परिसकेको रहेछ, थाहै भएन ।’

शिव शिखर सहकारीका भक्तपुरबाहेक उपत्यकाभित्र काठमाडौंमा चार र ललितपुरमा दुई शाखा छन् । काठमाडौंको न्युरोड, कीर्तिपुर, बाँसबारी र बागबजार तथा ललितपुरको मंगलबजार र ठैबमा शाखा कार्यालय रहेकोमा सबै अहिले बन्द छन् । भक्तपुरको मुद्दा दर्तापछि काठमाडौं र ललितपुरमा अनुसन्धान गर्ने सिआइबीको तयारी छ । उपत्यकाबाहिर जिल्लाका शाखाको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयबाटै अनुसन्धान गर्न सिआइबीले पत्राचार गरिसकेको छ । जसअनुसार सम्बन्धित जिल्लामै अनुसन्धान भइरहेको छ ।

चितवनको भरतपुर र टाँडी, बाँकेको नेपालगन्ज, कोहलपुर र बैजनाथ, कैलालीको धनगढी र अत्तरिया, डडेल्धुरा, दाङको तुलसीपुर र भालुवाङ, मकवानपुरको हेटौँडा, सुर्खेतको वीरेन्द्रनगर, बाग्लुङको श्रीनगर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, रुपन्देहीको बुटवल, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन् । त्यसमा हाल दुई–तीनवटा मात्र शाखा सञ्चालनमा छन् । अरूले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि बन्द गरेका छन् ।

नयाँ पत्रिका दैनिक बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित