तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

टाईगर रिसोर्ट प्रकरणः प्राइम बैंकको साढे दुई अर्ब लगानी संकटमा

हदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएको भन्दै मालपोत कार्यालयले तिलोत्तमा नगरपालिका १७ कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेसकोसबै जग्गा रोक्का गरेको छ ।

त्यस्तै होटलका संरचना सरकारी जग्गामा बनेको भन्दै भत्काउन जिल्ला अदालतले आदेश दिइसकेको छ । मालपोत र अदालतको पेलानपछि होटलमा गरिएको प्राइम बैंकको साढे दुई अर्ब लगानी संकटमा परेको छ ।

५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको रिसोर्टमा प्राइम बैंकले साढे २ अर्ब बढी लगानी गरेको थियो । होटलमा विदेशी कम्पनीले समेत लगानी गरेको छ । त्यसैले होटललाई विवादमा पारेर लगानीकर्तालाई हतोत्साही बनाएको भन्दै व्यवसायीहरुले यसको निष्पक्ष छानबिनको माग गरेका छन् ।

रिसोर्ट सञ्चालन गरेको सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको १३ बिगा १५ कट्ठा जग्गा मालपोत कार्यालयले बिहीबार रोक्का गरेको थियो । यससँगै प्राइम बैंकको लगानी असुली प्रभावित हुने भएको छ ।

मालपोत कार्यालय भैरहवाका प्रमुख कुमार आचार्यले मूल कम्पनी र टाइगर प्यालेसका नाममा रहेको सबै जग्गा प्रारम्भिक छानबिनमा हदबन्दीभन्दा बढी देखिएकाले रोक्का राखेर विस्तृत छानबिन सुरु गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित