थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

फरार गाडी पत्ता लगाउनेलाई प्रहरीले ईनाम सहित २५ हजार दिने

भैरहवा । सोमबार बिहान ३ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन भन्दै अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालयले प्रकाशित गरेको सूचनामा कारको बारेमा जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कारको घोषणा पनि गरेको छ ।

सोमबार बिहान पौने ६ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननीमा ३ जनाको मृत्यु भएको घटनामा हालसम्म ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छ्रैन । ठक्कर दिने सवारी साधन आकासे रंगको रहेको, अगाडी बम्फरको भागमा रातो रंगको स्टिकरको गोलाकार भित्र ताराको चित्र रहेको, सानो सवारी साधन भएको घटनास्थलमा फेला परेको गाडीको केही पाटपुर्जाबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने कार भैरहवाबाट परासी तर्फ गईरहेको थियो । दुर्घटना पश्चात सो कार फेरी भैरहवातर्फ नै फर्किएको प्रत्यक्षदर्शिहरुले जानकारी दिए ।

भैरहवा-परासी हुलाकी सडक खण्डमा भैरहवा तर्फबाट परासी तर्फ जादै गरेको नम्बर नखुलेको सवारी साधनले ५ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । त्यसमध्ये ३५ दिने शिशु सहित २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २८ वर्षीय प्रमिला कुर्मी, १४ कुर्मी सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका थिए । सोही दुर्घटनामा परि २४ कुर्मी बन्दना कुर्मि र २६ बर्षिय मन्जु कुर्मि घाईते भएका छन् ।

उनिहरुको उपचारको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भई रहेको छ । जिल्ला प्रहरी कार्यालयले सवारी साधनको पहिचान खुल्ने सुचना दिन सर्वसाधारणमा अपिल गरेको छ । सूचना दिनेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट नगद २५ हजारको ब्यवस्था गरिएको अर्यालले बताए । सूचना दिने ब्यक्तिको विवरण गोप्य राखिने उनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित