दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवलमा १.४५ अर्बको पाँचतारे होटल सफ्रोन बन्दै, एक वर्षभित्र चल्ने

निजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सीके प्रालि निर्माण भइरहेको छ ।

होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि धकेलिएको छ। अहिलेसम्म होटलको ६५ प्रतिशत भौतिक र ६१ प्रतिशत वित्तीय प्रगति भएको सफ्रोनले जनाएको छ। अब होटलको ३५ प्रतिशत काम बाँकी छ।

होटल बनाउन १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमध्ये ९६ करोड ६० लाख रुपैयाँ ऋण र बाँकी ४९ करोड रुपैयाँ संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ।बैंकको ६६ प्रतिशत ऋण र ३४ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी हुने होटलले जनाएको छ।

९० करोड ५० लाख रुपैयाँ बैंकबाट ऋण प्राप्त भइसकेको छ।

५ हजार ५७४६ वर्गमिटरमा फैलिने होटलमा १०७ वटा कोठाहरू रहने प्रस्ताव गरिएको छ। होटलले ९५ करोड ६९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
होटल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलोमिटरको दुरीमा रहेको छ। नेपाल-भारत सीमानाबाट बुटबलस्थित होटलमा पुग्न २६ किलोमिटर दुरी रहेको छ। होटल साइटमा प्रस्तावित बुटवल मण्डपको अगाडी १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र रहेको छ।

पाँचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहेका छन। निर्माण अवधि होटलहरूको लामो गेस्टेसन अवधि हो।

होटलको अध्यक्ष चुन्नप्रसाद शर्मा रहेका छन्। उनी यसोदा फूड्सका अध्यक्ष पनि हुन्। होटल २०१८ को नोभेम्बर २१ मा स्थापना भएको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित