३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

नेपाली काँग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा

बुटवल। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रिय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री धनराज गुरुङ्गले उद्घाटन गर्नेछन् ।
आगामी बैशाख २९, ३० र ३१ गते संचालन हुने उक्त प्रशिक्षण कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण बिभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने यस कार्यक्रमको मुललक्ष्य भएको उल्लेख गर्दै उपसभापति श्रेष्ठले जनताले आशा र भरोसा गरेको पार्टी नेपाली काँग्रेस भएकोले काँग्रेस सच्चिएर अघि बढ्नुको बिकल्प नरहेको धारणा ब्यक्त गरे। कार्यक्रम संचारकर्मीहरुको जिज्ञाशा मेटाउदै उनले काँग्रेस प्रतिको जनबिश्वास घट्न नदिन नेताहरुले आवश्यक कदम चाल्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रशिक्षण बिभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउने काँग्रेसले अवलम्बन गर्नुपर्ने अवको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरे । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित