‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नेपाली काँग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा

बुटवल। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रिय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री धनराज गुरुङ्गले उद्घाटन गर्नेछन् ।
आगामी बैशाख २९, ३० र ३१ गते संचालन हुने उक्त प्रशिक्षण कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण बिभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने यस कार्यक्रमको मुललक्ष्य भएको उल्लेख गर्दै उपसभापति श्रेष्ठले जनताले आशा र भरोसा गरेको पार्टी नेपाली काँग्रेस भएकोले काँग्रेस सच्चिएर अघि बढ्नुको बिकल्प नरहेको धारणा ब्यक्त गरे। कार्यक्रम संचारकर्मीहरुको जिज्ञाशा मेटाउदै उनले काँग्रेस प्रतिको जनबिश्वास घट्न नदिन नेताहरुले आवश्यक कदम चाल्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रशिक्षण बिभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउने काँग्रेसले अवलम्बन गर्नुपर्ने अवको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरे । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित