मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी प्रदेश सरकार विस्तारको गृहकार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेसकै संस्थापन इतर पक्षसँग पनि सरकार विस्तारका विषयमा छलफल गरेर काठमाडौँबाट फर्किएका उनले दाङ आइपुगेपछि सत्ता साझेदार दलका नेताहरुसँग छलफल अघि बढाएका हुन् ।

वैशाख १९ गते प्रदेशसभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिनेतर्फ गृहकार्य थालेको उनको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकार अहिले चार सदस्यीय छ, जसमध्ये तीन मन्त्री बिनाविभागीय छन् ।

बिनाविभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् । प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा आबद्ध ८ दल छन् ।

गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको संस्था थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने अवस्था रहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टीले मन्त्रीहरूको नाम टुङ्ग्याएकाले मुख्यमन्त्रीले माग्ना साथ दिने रातोपाटीलाई बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित