‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अर्घाखाँचीबाट विजयी एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा

नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्।

दुवैलाई प्रहरीले खोज्न थालिसकेको छ। आजै उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई समेत पक्राउ पूर्जी जारी भएको छ। उनी प्रहरीकहाँ आफैँ गिरफ्तारी दिन पुगेका छन्।

हिजोमात्र नेकपा एमालेकै नेता तथा पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका थिए।

टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहका सदस्यसँग आफ्नो सम्बन्ध रहेको अभिव्यक्ति विभिन्न मिडियामा दिएका थिए। मिडियामा आएका उनका अभिव्यक्तिले उनको संलग्नता बलियो देखाएपछि प्रहरीले अनुसन्धानका लागि ट्र्याकिङ थालेको थियो। प्रहरी स्रोतका अनुसार अहिलेसम्म रायमाझीका बाबु छोराले कति रकम बुझेका हुन् खुलिसकेको छैन।

आजै पक्राउ परेका सचिवको नक्कली शरणार्थी बनाउन सघाउने भूमिका पुष्टि भएको प्रहरीको दावी छ। साथै गृह मन्त्रालयका कर्मचारीको पनि सहयोगी भूमिका देखिएको छ। यस प्रकरणमा थप नेता तथा कर्मचारीहरु तानिने निश्चित छ।

प्रहरीको खोजी सूचीमा रहेका रायमाझी पूर्व माओवादी नेता हुन्। उनले गएको निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका थिए। नेकपा एमालेमा प्रवेश गरकाे पूर्व माओवादी नेतामध्ये उनले मात्र प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका हुन्। नेकपा एमालेको दशौं महाधिवेशनबाट उनी सचिव चुनिएका हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित