‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

डिल्लीबहादुर चौधरी: कमैया मुक्ति आन्दोलनको नेतृत्वदेखि मुख्यमन्त्रीसम्म

कमैया मुक्ति आन्दोलनको पृष्ठभूमिबाट उदाएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

चौधरी यसअघि प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । चौधरी दाङबाट लगातार ३ पटक निर्वाचित सांसद हुन् । उनले संघीयता कार्यान्वनपछि दाङको प्रदेशसभा ३(१) बाट २ पटक लगातार जीत निकालेका थिए । नेकपा एमालेका घनश्याम पाण्डेलाई ५ हजार ४०० मतान्तरले पराजित गरी आमनिर्वाचन २०७९ मा चौधरी निर्वाचित भएका थिए ।

पार्टीभित्र प्रभाव राख्ने लगभग सबैजसो नेताले प्रतिनिधिसभा सदस्यको दाबी गरिरहँदा चौधरीको रोजाइँ र दाबी प्रदेश सभामा रह्यो । यदि चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार दाबी गरेका थिए भने टिकट पाउन असम्भव थिएन । प्रदेश सरकारको नेतृत्व गर्न प्रदेश सभामा उम्मेदवार बनेका थिए ।

उनी २०७० सालमा जिल्लाबाटै दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि १ वर्ष राज्यमन्त्री समेत भएका थिए । चौधरी पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । यसअघि २०७४ सालमा उनले लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका सशक्त रूपमा निभाएका थिए । त्यो बेला उनले प्रदेश सरकार र प्रदेश सभाले खरिद गरेका दर्जन बढी गाडीमा लाखौं रूपैयाँ अनियमितता भएको ठहर गर्दै प्रदेश सरकारले गुमाएको ६० लाख रूपैयाँ फिर्ता गराएका थिए । दाङलाई राजधानी घोषणा गराउन पार्टी निर्णयको विपरीत दाङको पक्षमा मतदान गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विक्रम संवत् २०२६ असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा उनी बुवा टुकलाल चौधरी र आमा सोमती चौधरीको कोखबाट जन्मिएका थिए । चौधरी जनताको कुरा सुन्ने, विकास गर्ने र जनताको अपेक्षा अनुसारको काम गर्ने नेताको रूपमा आफूलाई चिनाउँदै आएका छन् । पश्चिम नेपालका थारूहरूमा शिक्षा फैलाउन अभियान सञ्चालनदेखि मुक्त कमैया आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको इतिहास चौधरीको छ ।

पार्टीमा निरन्तरको संघर्ष र योगदानमा चौधरीलाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जुरेको कांग्रेस नेताहरू बताउँछन् । चौधरीले थारू समुदायसहित अन्य अल्पसंख्यक गरीबीको रेखामुनि रहेका नागरिकहरूलाई समेत शिक्षाको उज्यालो दिन ब्याकवार्ड सोसाइटी (बेस) मार्फत टुकी लिएर उनी २०४२ सालमा गाउँगाउँ छिरेका थिए । उनकै कार्यकालमा राजधानीको पूर्वाधार निर्माणको काम समेत शुरू भएको थियो ।

विभिन्न अध्ययन र अवलोकनका लागि ४३ देश पुगेका चौधरीले समाजशास्त्रमा स्नातक गरेका छन् । मुलुकमा संघीयता कार्यान्वनसँगै लुम्बिनी प्रदेशले पहिलो मुख्यमन्त्री दाङका एमाले नेता शंकर पोखरेललाई पाएको थियो । प्रदेशको चौथो मुख्यमन्त्री पनि दाङकै चौधरीले पाए । उनी अन्य मुख्यमन्त्रीसरह सत्ता टिकाउन जम्बो र संघीयताप्रति वितिष्णा जगाउने पदचाप पछ्याउँदै हिँड्छन् कि संघीयतालाई राम्रो र अब्लब बनाउने काम गर्छन् भन्ने नै उनको परीक्षा हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित