‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित डिल्ली चौधरी द्वारा मुख्यमन्त्रीमा दाबी

बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका संसदीय दलका नेता समेत रहेका चौधरीले कांग्रस, माओवादी लगायतका ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित विहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक जना र स्वतन्त्र एक सांसद गरि ५३ जना साँसदको हस्ताक्षर सहित चौधरीले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका हुन् ।

एमाले नेता लीला गिरी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर वैशाख ११ गते ढलेसँग मंगलवार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि बिहीवार ४ बजेसम्मको समयसीमा दिएका थिए ।

चौधरी दाङ– ३ (१) बाट निर्वाचित सांसद हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित