
बुटवल।पाल्पाको तिनाउ-३ दोभानस्थित तिनाउ नदिमा डुबेर एक युवा वेपत्ता भएका छन्। बुधबार दिउँसो ड्यामसाईड स्थित तिनाउ नदीमा डुबेर सिद्धार्थनगर नगरपालिका-८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पौडि खेल्ने क्रममा डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको टोलीले खोजी कार्य गरेपनि फेला नपारेको प्रहरीले जनाएको छ।