दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रुपन्देही-२ बाट निर्वाचित एमालेका विष्णु पौडेलले कति गरे चुनावमा खर्च ?

गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नंं २ बाट निर्वाचित विष्णु पौडेलले चुनावमा २२ लाख बढि खर्च भएको भन्दै विवरण बुझाएका छन् ।
आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गरेको निर्वाचन कुल खर्च २२ लाख ४५ हजार ८७६ रुपैयाँ छ ।
उक्त खर्च विवरणमा सबैभन्दा धेरै छापा एवं विद्युतीय माध्यममा देखाएका छन ।
९ लाख २० हजार ८ सय ७६ छापा एवं विद्युतीय माध्यममा, ३ लाख ३५ हजार सवारी साधन भाडामा, प्रचार सामाग्रीमा २ लाख २५ हजार, ढुवानीमा ७१ ह्जार, गोष्ठी अन्तरक्रिया र कार्यकता परिचालनमा २ लाख ७७ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविमा १० हजार गरी कुल २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।
त्यस्तै क्षेत्र नं. ५ बाट निर्वाचित एमालेका बासुदेव घिमिरेले कुल २७ लाख ८९ हजार ५ सय २० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । क्षेत्र नंं १ बाट निर्वाचित एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च विवरण बुझाएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित