मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रुपन्देही-२ बाट निर्वाचित एमालेका विष्णु पौडेलले कति गरे चुनावमा खर्च ?

गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नंं २ बाट निर्वाचित विष्णु पौडेलले चुनावमा २२ लाख बढि खर्च भएको भन्दै विवरण बुझाएका छन् ।
आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गरेको निर्वाचन कुल खर्च २२ लाख ४५ हजार ८७६ रुपैयाँ छ ।
उक्त खर्च विवरणमा सबैभन्दा धेरै छापा एवं विद्युतीय माध्यममा देखाएका छन ।
९ लाख २० हजार ८ सय ७६ छापा एवं विद्युतीय माध्यममा, ३ लाख ३५ हजार सवारी साधन भाडामा, प्रचार सामाग्रीमा २ लाख २५ हजार, ढुवानीमा ७१ ह्जार, गोष्ठी अन्तरक्रिया र कार्यकता परिचालनमा २ लाख ७७ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविमा १० हजार गरी कुल २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।
त्यस्तै क्षेत्र नं. ५ बाट निर्वाचित एमालेका बासुदेव घिमिरेले कुल २७ लाख ८९ हजार ५ सय २० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । क्षेत्र नंं १ बाट निर्वाचित एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च विवरण बुझाएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित