मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

 भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ पकडिहवास्थित श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण हुने भएको छ । भवनको मंगलबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादवले शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले यो क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजना अन्तर्गत रु. २२ लाख ५० हजार लागतमा बन्ने भवनको मंगलबार शिलान्यास भएको विद्यालयका प्रधानाध्यापक धनेश्वर कँवरले बताए । २०५७ सालमा स्थापना भएको विद्यालयमा हाल ३८५ जना विद्यार्थी अध्ययनरत रहेको कँवरले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र थारु, समाजसेवी कान्छा कोहार, स्थानीयलगायतको उपस्थिति रहेका थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित