रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज भएको एकदिवसीय गोष्टी मार्फत शुन्य औँलो बनाउने अभियानमा लाग्न सवैलाई सन्देश छरिएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले सरसफाईलाई जोड नदिएकै कारण औँलो रोग हुने बताएकी छन् । लामखुट्टेबाट सर्ने रोग औँलो रोग नियन्त्रण गर्न र हुन नदिन विभिन्न जनचेतनाका कार्यक्रमलाई टोलटोलमा संञ्चालन गर्नुपर्ने सुझाईन् । मानव जिवन संग जोडिएको स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष चासोको साथ हेरिएको बताउदै उपप्रमुख हरिजनले आगामी दिनमा बजेट निर्माण गर्दा समेत प्राथमिकता दिईने कुरा औँल्याईन् ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले खानेपानी तथा शौचालय जस्ता समस्यालाई निति तथा कार्यक्रममा राखेर दिर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताए । अशिक्षाकै कारण जटिल प्रकृतिका रोगको शिकार नगरबासी बन्न पुग्ने बताउदै अर्यालले मलरिया रोग लाग्न नदिन झुल अनियवार्य प्रयोग र व्यक्तिगत सरसफाईलाई जोड दिनुपर्र्ने बताए । कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न शाखा,वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख विच सो कार्यक्रम भएको थियो । पालिकाको सभाहलमा भएको कार्यक्रममा स्टाफ नर्स स्मृति गौतमको संञ्चालन रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित