निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एमाले र सत्ता गठबन्धनले लुम्बिनी सरकारमा दाबी नछाडेपछि प्रदेश प्रमुखले मागे राय

बुटवलः सोमबार विश्वासको मत नपाएपछि लुम्बिनी सरकारबाट बाहिरिएको एमालेले पुनः सरकारमा दाबी गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले राय मागेका छन्।

लीला गिरीले सोमबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए।

एमाले र ८ दलीय गठबन्धनले संविधानको धाराअनुसार अलग-अलग मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएपछि प्रदेश प्रमुख शेचरनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा पत्राचार गरेर लिखित राय मागेका हुन् ।

एमालेले सोमबार साँझ नै प्रदेश प्रमुख शेरचनलाई भेट गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले सरकार गठन गर्नुपर्ने बताएको थियो ।

यसअघि दुई वा दुई भन्दा बढी दलको समर्थनअनुसार संविधानको धारा १६८ को २ अनुसार सरकार गठन भएको र अहिले विश्वासको मत नपाएको अवस्थामा उपधारा ३ आकर्षित हुने भएकाले एमालेले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ ।

उता कांग्रेस, माओवादीसहित दलहरूले संविधानको धारा १६८ को २ अनुसार संयुक्त सरकार गठनको आह्वान गर्नुपर्ने बताउँदै आएका छन् ।

गठबन्धन र एमालेले अलग अलग सरकारमा दाबी गरेपछि सोमबार राति नै महान्यायाधिवक्ताको कार्यालयमा पत्राचार गरेर राय मागिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

कांग्रेस र माओवादी केन्द्रसहित ८ दलका ५३ सांसदहरूले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनाउन एक महिनाअघि नै दाबी पेश गरेका थिए ।

गिरीले विश्वासको मत नपाएपछि पनि ८ दलका संसदीय दलका नेताहरूले प्रदेश प्रमुखलाई भेटेर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका थिए ।

लिखित राय आएपछि कानुनविद्सँग छलफल गरेर आवश्यक निर्णय लिने प्रदेश प्रमुख शेरचनले बताएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित