रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै प्रदर्शन

दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको विश्वासको मतमाथि प्रदेश सभाभित्र मत विभाजन भइरहँदा प्रदेशसभा भवन बाहिर निर्माण व्यवसायीले भुक्तानी माग गर्दै प्रदर्शन गरेका हुन् । मुख्यमन्त्री गिरीले संसदमा विश्वासको मत पाएनन् ।

प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि भवन निर्माण गरेका निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन् । निर्माण व्यवसायीहरूले प्रदेशसभा भवन निर्माण, मन्त्रालय व्यवस्थापन एवं कर्मचारीहरूको निवास लगायत व्यवस्थापन गरे बापतको १२ करोड बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएका छन् ।

सोमवार निर्माण व्यवसायीहरू सुरेश घिमिरे, शरद गिरी, मुक्त जिसी, राजेन्द्र श्रेष्ठ, अभिनास भट्टराई, हिमाल अधिकारी लगायतले भुक्तानी पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरूले पहिलो दिन सांकेतिक रूपमा प्लेकार्डसहित प्रदर्शन गरेका र भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित