तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी बाणिज्य क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न अन्तरिम आदेश (आदेश सहित)

बुटवल । केही विद्यार्थी संगठनले स्ववियू निर्वाचनको समयमा क्याम्पसमा तालाबन्दी गरेपछि स्थगित भएको बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियू निर्वाचन गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत बुटवल इजालसले निर्वाचनको मिति तोक्न आदेश जारी गरेको हो । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि मिति तोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । तुलसीपुर उच्च अदालत बुटवल इजलासमा निर्वाचन स्थगत विरुद्ध परेको रिट निवेदनमाथि अधिवक्ताद्वय मेघनाथ खनाल र यमलाल खनाललेको आदेशले मिति तोक्न आदेश दिएको हो ।
गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगत गरेपछि क्याम्पस विरुद्ध रिट निवेदन परेको थियो । निर्वाचनको मिति तोक्न नपर्ने विपक्षमा भने अधिवक्ता द्वय कृष्ण प्रसाद पाण्डे र रामप्रसाद भुसालले बहस गरेका थिए । अदालतले त्रिभुवन विश्व विद्यालय स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ को दफा १२ ९८० अनुसार निर्वाचन स्थगन हुँदा ३० दिन भित्रको मिति तोकी निर्वाचन सम्पन्न गर्नु पर्ने व्यवस्था अनुसार आदेश कार्यान्वयन गर्न भनेको छ ।
‘क्याम्पसका प्रमुख र निर्वाचन अधिकृतले संयुक्त रुपमा २०७९।११।२९ मा सुचना प्रकाशित गरी अर्को निर्वाचनको मिति नतोकी निर्वाचनका सम्पूर्ण कार्यहरु स्थगन गरेको देखिएको हुँदा उक्त निर्देशिका एवं सुविधा र उक्त निर्देशिका एवं सुविधा र सन्तुलनको दृष्टीले पनि यथासंभव चाँडो निर्वाचन हुन उपयुक्त देखिंदा निर्वाचन हुने अर्को मिति निर्वाचन सम्बन्धी बाँकी काम कारवाही अगाडी बढाउनु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ ।’– आदेशमा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित