रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

लुम्बिनी बाणिज्य क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न अन्तरिम आदेश (आदेश सहित)

बुटवल । केही विद्यार्थी संगठनले स्ववियू निर्वाचनको समयमा क्याम्पसमा तालाबन्दी गरेपछि स्थगित भएको बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियू निर्वाचन गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत बुटवल इजालसले निर्वाचनको मिति तोक्न आदेश जारी गरेको हो । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि मिति तोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । तुलसीपुर उच्च अदालत बुटवल इजलासमा निर्वाचन स्थगत विरुद्ध परेको रिट निवेदनमाथि अधिवक्ताद्वय मेघनाथ खनाल र यमलाल खनाललेको आदेशले मिति तोक्न आदेश दिएको हो ।
गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगत गरेपछि क्याम्पस विरुद्ध रिट निवेदन परेको थियो । निर्वाचनको मिति तोक्न नपर्ने विपक्षमा भने अधिवक्ता द्वय कृष्ण प्रसाद पाण्डे र रामप्रसाद भुसालले बहस गरेका थिए । अदालतले त्रिभुवन विश्व विद्यालय स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ को दफा १२ ९८० अनुसार निर्वाचन स्थगन हुँदा ३० दिन भित्रको मिति तोकी निर्वाचन सम्पन्न गर्नु पर्ने व्यवस्था अनुसार आदेश कार्यान्वयन गर्न भनेको छ ।
‘क्याम्पसका प्रमुख र निर्वाचन अधिकृतले संयुक्त रुपमा २०७९।११।२९ मा सुचना प्रकाशित गरी अर्को निर्वाचनको मिति नतोकी निर्वाचनका सम्पूर्ण कार्यहरु स्थगन गरेको देखिएको हुँदा उक्त निर्देशिका एवं सुविधा र उक्त निर्देशिका एवं सुविधा र सन्तुलनको दृष्टीले पनि यथासंभव चाँडो निर्वाचन हुन उपयुक्त देखिंदा निर्वाचन हुने अर्को मिति निर्वाचन सम्बन्धी बाँकी काम कारवाही अगाडी बढाउनु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ ।’– आदेशमा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित