रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सियारी गाउँपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु आएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका १ प्रतिशत भन्दा कम बेरुजु आएको छ । सियारीमा शुन्य दशमलव ८८ प्रतिशत मात्र बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जारी गरेको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसपछि कम बेरुजु देखिनेमा सैनामैना नगरपालिका रहेको छ । सैनामैनाको बेरुजु १ दशमलव ०३ प्रतिशत रहेको छ । १६ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु देखिनेमा कोटहीमाई गाउँपालिका रहेको छ । कोटहीमाई गाउँपालिकाको बेरुजु ४ दशमलव ८ प्रतिशत रहेको छ ।

रुपन्देहीका अन्य पालिकाहरु ओमसतिया गाउँपालिकाको २ दशमलव ०३ प्रतिशत, गैडहवा गाउँपालिकाको २ दशमलव ०४ प्रतिशत, रोहिणी गाउँपालिकाको २ दशमलव २२ प्रतिशत, बुटवल उपमहानगरपालिकाको २ दशमलव ३१ प्रतिशत, कञ्चन गाउँपालिकाको २ दशमलव ६१ प्रतिशत, तिलोतत्तमा नगरपालिकाको २ दशमलव ८७, सिद्धार्थनगर नगरपालिकाको ३ दशमलव १४ प्रतिशत, सम्मरीमाई गाउँपालिकाको ३ दशमलव ३५ प्रतिशत र लुम्बिनी साँस्कृतिक नगरपालिकाको ३ दशमलव ६६ प्रतिशत रहेको छ ।

त्यसै गरी ४ प्रतिशत बढी बेरुजु रहने पालिकाको सूचीमा ५ वटा पालिका रहेका छन् । मर्चवारी गाउँपालिकाको ४ दशमलव ११ प्रतिशत, शुद्धोधन गाउँपालिकाको ४ दशमलव १३ प्रतिशत, देवदह नगरपालिकाको ४ दशमलव ५६ प्रतिशत र मायादेवी गाउँपालिकाको ४ दशमलव ६९ प्रतिशत बेरुजु आएको छ ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहहरुमध्ये रुपन्देहीको सियारी गाउँपालिका सबैभन्दा कम बेरुजु देखिनेमा छैठौं स्थानमा रहेको छ ।

प्युठानको मल्लरानी र सरुमईरानीको बेरुजु भने शुन्य प्रतिशत रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७७ मा स्थानीय तहले आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गराउनुपर्ने व्यवस्था छ । यो वर्ष २५९ स्थानीय तहले आन्तरिक लेखापरीक्षण गराएका छैनन् ।

रुपन्देहीको सियारी गाउँपालिकाले लेखा नीति र सिद्धान्त अन्तरगत लेखाको भुक्तानी गरेका कारण शुन्य दशमलव ८८ प्रतिशत बेरुजु कायम राख्न सफल भएको लेखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिए ।

उनले सियारी गाउँपालिकाले सम्पादन गर्ने हरेक कार्यको अनुगमन र निरीक्षणपछि मात्रै भुक्तानी दिने गरेकाले पनि बेरुजु कम हुँदै गएको उल्लेख गरे । आगामी वर्ष बेरुजुलाई शुन्यमा झार्ने गरी काम अगाडि बढाइएको लेखा प्रमुख पौडेलले जानकारी दिए । सियारीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७७ मा स्थानीय तहले गराउनुपर्ने आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण समयमै गराउँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित