
बुटवल । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा उम्मेद्वारी दिएका बालाराम भट्टराईले आफूलाई जिताउन क्लवहरुलाई आग्रह गरेका छन् । उनले आईतबार बुटवलमा पत्रकार सम्मेलनगरी मतदानको लागि मतदातालाई आग्रह गरेका हुन ।
आफू सन् २००८ देखि लायन्सको यात्रामा रहेको जानकारी गराउँदै आफूलाई थप गतिशिल बनाउनको लागि पनिमतदान गरी जिताउन आग्रह गरे । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गतेरुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ ।
उक्त अधिवेशनमा सत प्रतिशत एस भोट गरी आफूलाई थप उर्जा र हौसला प्रदान गर्न उनले आग्रह गरे । १५ वटाडिष्ट्रिक मध्ये सबैभन्दा ठूलो यो डिष्ट्रिकमा ५ वटा एरिया रहेका छन् । त्यस्तै १८६ क्लवबाट ३०४ मतदाता छन् ।त्यसमध्ये आफूलाई ६० प्रतिशत भन्दा बढी मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । उम्मेदवार भट्टराईले यस क्षेत्रकोसामाजिक क्षेत्रमा सेवा प्रदान गर्ने र विशेषगरि स्वाश्थ्य क्षेत्रको सेवामा योगदान दिन आफुले विभिन्न योजना बनाएकोबताएका छन् ।
सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा बालाराम भट्टराई र कुशप्रसाद मल्लीको उम्मेद्वारी परेको छ ।