तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सेनाको सहयोगमा थालियो तिलौराकोट दरबार क्षेत्रका झाडी, बुुट्यानको सरसफाई

लुम्बिनी । विश्व सम्पदा सूूचीमा सूूचीकृतको तयारीमा रहेको प्राचिन तिलौराकोट दरबार क्षेत्रको झाडी, बुुट्यान सरसफाई शुरु गरिएको छ ।

२५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण र पुरातात्विक स्थललाई प्रस्तुुतयोग्य बनाउनका लागि आईतबार एक समरोहका विच झाडी सफाई अभियान शुरु गरिएको हो ।

लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलबस्तुुको सहयोगमा एक हप्तासम्म दरबार दक्षिण तर्फ रहेको झाडी, बुुट्यान सरसफाई गरिने प्रमुुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

विश्व सम्पदा सूूचीमा सूूचीकरणको लागि पर्याप्त प्रमाण संकलन भइसकेको बताउँदै थप देखिनलायक बनाउन झाडी सफाई गरिएको बताए ।

सरसफाई शुुभारम्भमा लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई सहित नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका गणपती प्रमुख सेनानी दिलिप घले, कोषका पुरातात्व महाशाखाका बरिष्ठ पुरातात्वविद् हिमाल उप्रेती, लेखा अधिकृत भिमबहादुर बस्नेत, बनस्तपती शाखा प्रमुख कमलेश बर्मा र पत्रकार मनोज पौडेलको उपस्थिती रहेको थियो ।

एकहप्तासम्म नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका सहसेनानी क्याप्टेन अमृत गुरुङको नेतृत्वमा झाडी सफाई हुने लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए ।

नेपाली सेनाका ५० जना र लुम्बिनी विकास कोषका तर्फबाट सुरक्षकर्मी र मालीहरु १३ जना गरि ६३ जनाको टोली झाडी सफाईमा जुटेको उनले बताए ।भगवान गौतम बुुद्धले २९ बर्ष बिताएको प्राचिन तिलौराकोट दरबारमा पछिल्लो समय पर्यटकहरुको आवागमन समेत बृद्धि हुँदै गएको छ ।

विश्वसम्पदा सूूचीमा सुुचिकरणको तयारी भएपछि तिलौराकोट दरबारलाई सौन्दर्यकरण र पुरातात्विक स्थलको प्रतस्तुुतीकरणका लागि कोष परिषद सदस्य गोपिकृष्ण शर्मा र प्रमुख प्रशासकीय अधिकृत राईले नेपाली सेनासँग समन्वय गरि सफाई कार्यक्रम अगाडि बढाइएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित