लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाल्पा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ३५ जना घाइते, तीनको अवस्था गम्भीर

पाल्पा : पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला छिन्। उनको सनाखत भइ नसकेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार ३५ जना घाइतेको उद्वार गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रनाउ थापाले बताए।

बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटना भएको हो। बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रनाउ थापाले बताए।

बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित