तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो।

दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकि छ। अहिले प्रहरी घटनास्थल पुगिसकेको र उद्धार कार्य शुरु गरेको जनाएको छ। बस तिनाउ नदि देखि केही माथी अप्ठेरो ढिकमा अडकीएकोका कारण उद्धारमा कठिनाई भई रहेको स्थानीयले बताएका छन ।

घटनास्थलमा रहेका जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरिक्षक फर्सुराम गौतमले अहिले सम्म २० जना घाईतेहरुको उद्धार गरी पाल्पाको प्रभासमा रहेको लुम्विनी मेडीकल कलेज मा पठाईएको र बांकीको उद्धार गर्ने कार्य चलिरहेको बताए।

गौतमका अनुसार बिहान ८ बजे बुटवलबाट बाग्लुंङको बुर्तिबांङका लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस दुर्घटनामा परेको हो।

बस सडक देखि करीव ३ सय मिटर तल तिनाउ खोलामा खसेको छ। घाईतेहरु धैरैको अवस्था गम्भिर रहेको छ। अहिले सम्म बसमा कति यात्रु थिए भन्ने खुल्न नसकेको गौतमले बताए।
अहिले हामी उद्धारमा छौं बसमा कति यात्रु थिए भन्ने खुलेको छैन् । के कति कारणले दुर्घटना भएको हो भन्ने समेत थाहा हुन नसकेको बताए।

पाल्पामा रहेका एम्वुलेन्सहरुबाट मात्रै उद्धार हुन नसकेपछि अहिले बुटवलबाट ४ वटा एम्वुलेन्स घटनास्थल तर्फ जादै गरेको एम्वुलेन्स चालक मनोज भण्डारीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित