३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो।

दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकि छ। अहिले प्रहरी घटनास्थल पुगिसकेको र उद्धार कार्य शुरु गरेको जनाएको छ। बस तिनाउ नदि देखि केही माथी अप्ठेरो ढिकमा अडकीएकोका कारण उद्धारमा कठिनाई भई रहेको स्थानीयले बताएका छन ।

घटनास्थलमा रहेका जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरिक्षक फर्सुराम गौतमले अहिले सम्म २० जना घाईतेहरुको उद्धार गरी पाल्पाको प्रभासमा रहेको लुम्विनी मेडीकल कलेज मा पठाईएको र बांकीको उद्धार गर्ने कार्य चलिरहेको बताए।

गौतमका अनुसार बिहान ८ बजे बुटवलबाट बाग्लुंङको बुर्तिबांङका लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस दुर्घटनामा परेको हो।

बस सडक देखि करीव ३ सय मिटर तल तिनाउ खोलामा खसेको छ। घाईतेहरु धैरैको अवस्था गम्भिर रहेको छ। अहिले सम्म बसमा कति यात्रु थिए भन्ने खुल्न नसकेको गौतमले बताए।
अहिले हामी उद्धारमा छौं बसमा कति यात्रु थिए भन्ने खुलेको छैन् । के कति कारणले दुर्घटना भएको हो भन्ने समेत थाहा हुन नसकेको बताए।

पाल्पामा रहेका एम्वुलेन्सहरुबाट मात्रै उद्धार हुन नसकेपछि अहिले बुटवलबाट ४ वटा एम्वुलेन्स घटनास्थल तर्फ जादै गरेको एम्वुलेन्स चालक मनोज भण्डारीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित