जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन बुटवलमा हुने

बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन हुने भएको छ ।
अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरि ५ सय जनाको सहभागिता रहने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले जानकारी दिए । यही वैशाख १६ गतेदेखि बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशनको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको लेकालीले जानकारी दिए ।
महाधिवेशनको बन्द सत्र भने बुटवल १२ नयांगाउंस्थित मुक्तिनाथ धाममा हुने गरि तयारी गरिएको छ । महाधिवेशनका लागि १५ वटा विभिन्न उपसमिती गठन गरि तयारीका कामहरु अगाडी बढाईएको संयोजक लेकालीले बताए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नेपालीको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने लोक भजन तथा चुड्काहरुको संरक्षण र प्रवद्र्धनका लागि राज्यले कुनैपनि कार्य गर्न नसकेको बताए । धर्म, संस्कार र परम्परालाई बचाउन र संस्कृति संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउंदै आएको पराजुलीले बताए । दुईदिन सम्मे चल्ने महाधिवेशनमा लोकसंस्कृतीको उद्गमस्थल मानिने लुम्बिनी र गण्डकीका विभिन्न स्थानका मौलिक भजन तथा चुड्काहरुको प्रस्तुती समेत रहने छ ।
सोहि महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयां नेतृत्व समेत चयन गर्ने छ । नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरुको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो ।
विज्ञान जन्माउने वेद हो भने कलाकारिता जन्माउने भजन हो भन्ने मान्यता स्थापित गर्ने उद्देश्य सहित स्थापना गरिएको प्रतिष्ठानले हालसम्म ४८ वटा जिल्लामा शाखा गठन गरिसकेको अध्यक्ष पराजुलीले जानकारी दिए । प्रतिष्ठानमा हाल ५१६ जना आजिवन सदस्य छन् भने ४ सय साधारण सदस्य रहेका छन् । लोकदोहोरी गितको संरक्षण तथा कलाकारहरुको प्रवद्र्धनको लागि आफ्नै नेतृत्वमा २०५० सालमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको स्थापना गरेका पराजुलीले धार्मिक र सांस्कृतिक गित संगीतको संरक्षणका लागि आफ्नै नेतृत्वमा भजन चुड्का प्रतिष्ठानको स्थापना गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित