
कुनै पनि सफलता प्राप्त गर्न मेहनत, धैर्यता र आत्मबल चाहिन्छ । र त सफलता चुम्न सकिन्छ । सफलता प्राप्त फरक ढंगले नयाँ काम गरेपनि प्राप्ती हुन्छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका ११ भु.पु सैनिक टोलकी विना कुमारी पुन यस्तै मेहनत र परिश्रमले सफलता प्राप्त गरेकी छिन् । विशाल पशुपंक्षी तथा कृषि फार्म स्थापना गरी कृषि र पशुपालनबाट उनले घरमै बसेर बार्षिक लाखौ रुपैया कमाउँछिन् ।
विनाले प्राप्त गरेको यो सफलता यतिकै प्राप्त भएको होईन । उनको संघर्ष ०५६ सालदेखि भएको हो । विहेबारी भएर कर्मघर पुगेकी विनाले त्यो बेलानै जिविका पार्जनका लागि बंगुर पालन गरिन् । तर पनि दैनिक गुजारा चलाउन अप्ठ्यारो भयो । दैनिक गुजारा चलाउँन कठिन भएपछि उनले १० बर्ष त घरमा रक्सी बनाउन थालिन । विक्रि गर्न थालिन । दैनिक गुजारा चलेपछि विनाले बंगुर पालनलाई व्यवसायीक बनाउनु पर्छ भन्ने लाग्यो । त्यसपछि क्रमश खोरमा बंगुर बढाउन थालिन ।
वि.स. २०७० सालमा विशाल पशुपंक्षी तथा कृषि फार्म दर्ता गरी व्यवसायीक कृषि र पशुपालनमा उनी होमिईन । १० बर्ष पहिला विना कुमारी पुन लाई कारितास नेपाल नामक एक संस्थाले आईपीएम तालिम प्रदान ग¥यो । तालिममा सहभागी भएर उनी नियमित रुपमा च्याउ खेती गर्न सक्ने गरी परिपक्क भईन ।
अहिले विनाको फार्ममा कुखुरा, च्याउँ र बंगुर छन् । च्याउँ उनले सिजनल खेती गर्छिन । बार्षिक ५ हजार बढि कुखुरा उत्पादन गर्ने उनले बार्षिक ६ क्युन्टल च्याउँ उत्पादन गर्छिन । बंगुर अहिले २१ वटा भन्दा बढि रहेका छन् ।
तालिमबाट उनले च्याउ उत्पादन गर्न सिकेपछि उनको व्यवसायीकता छर्लाङ मारेको हो । ‘बंगुर जिविका चलाउन पालिरहे । पछि तालिम प्राप्त गरेपछि च्याउँ खेती गर्छु । सवैभन्दा सन्तुष्ट मलाई च्याउँ खेतीबाट भएको छ’ उनले भनिन् ।
तालिमबाट सिकेको सिपले उनलाई अहिले उद्यमी बनाएको छ । जाडोको सिजनमा उनले कुखुरा पालन गर्न निर्माण गरिएको फार्ममा च्याउ खेती गर्दछिन् भने गर्मी समय लागेपछि कुखुरा पालन गर्दै आएकी छिन् । २७ वाई ७५ फुटको यो फार्म उनले सिजनल रुपमा प्रयोग गर्दै आएकी हुन ।
‘एक सिजनमा ६ क्युन्टल सम्म च्याउँ उत्पादन हुन्छ । तीन महिना पछि फेरि कुखुरा राख्छु । कुखुरा पनि बार्षिक ५ हजार उत्पादन हुन्छन्’ उनले भनिन् ।
एक सिजनमा च्याउ खेती गरेपछि अन्य समयमा यत्तीकै खाली छोड्नु भन्दा त्यसलाई सफा गरेर उनले च्याउ खेती गर्दै आएकी हुन । जसबाट उनलाई राम्रो आम्दानी समेत भएको छ । गत जाडोको सिजनमा कुल ४ लाख ६५ हजार रुपैयाँ लागतमा च्याउ खेती गरेकी पुनले त्यो सिजनबा १२ लाख रुपैयाँ जती आम्दानी गर्न सफल भएको बताउँछिन् । त्यस्तै बंगुर र कुखुराबाट मात्र ६ लाख रुपैयाँ आम्दानी भएको उनले बताईन ।
उनले बंगुर फार्म संगै, कुखुरा फार्म र बाहिर च्याउको टनेल समेत निर्माण गरिकी छिन । फार्मबाट आउने आम्दानीबाट परिवारको आयश्रोत धानिएको उनको भनाई छ । हाल सम्म फार्मको संरचना निर्माणमा उनले ३५ देखि ४० लाख रुपैयाँ लगानी गरेकी छिन । १८ लाखको लगानीमा त उनले बंगुर पालनका लागि खोर मात्र बनाएकी छिन् ।
‘यहि बाट मैले एउटा बावु र नानीलाई बढाएकी छु । घर पनि बनाएकी छु । खुसी र सुखी छु’ उनले भनिन् ।
विनाले आफु जस्तै कृषकहरुलाई सरकारले प्राथमिकतामा राख्ने हो भने विदेशबाट आयात हुने हरेक बस्तुलाई रोक्न बताउँछिन् । अझै पनि भारतिय खुल्ला सिमानाका कारण लुकिछिपी आउने चल्लाका कारणले पनि बजारमा प्रतिस्पर्धा गर्न ग्राह्रो भएको उनको भनाई छ ।
‘सरकारले चल्ला र दानामा सहुलिय दिनुपर्छ । सस्तो व्याजमा क्रृण दिएमा पनि धेरै कृषकहरु लाभाम्बित हुन्छन्’ उनले भनिन् ।
विनाले आफुले उत्पादन गरेको कुनै पनि बस्तु विक्रि गर्नका लागि बजारको समस्या नभएको बताईन । च्याउँ रुपन्देहीका अलवा अर्घाखाँची, गुल्मी, कपिलबस्तु, नवलपरासी र पाल्पा जिल्लामा जाने गरेको उनको भनाई छ । त्यस्तै बंगुर र कुखुरा भने रुपन्देहीमै विक्रि हुने गरेको उनले बताईन ।
‘सुरुमा केही भएन भनेर आत्तिने काम गरिन् । मेहनत गरे । धैर्यता पनि राखे । एक दिन मेहनतलको फल प्राप्ती हुन्छ भन्ने लागेको थियो’ उनले भनिन् ।
उत्कृष्ट उद्यमी बनिन विना
तिलोत्तमा नगरपालिकामा जारी नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमीमा विना उत्कृष्ट उद्यमी बनेकी छिन् । उत्कृष्ट १० जना उद्यमीहरूबाट सर्वोत्कृष्ट उद्यमी घोषणा गरी १ लाख नगद पुरस्कार समेत प्रदान गरिएको छ । दायित्व संस्थाको आयोजनामा जारी परियोजनाबाट रूपन्देहीका १० जना उत्कृष्ट उद्यमीबाट विनाले दिएको प्रस्तुतीकरण, विगतको कार्यक्रम र आगामी योजनाको विषयलाई समेत निर्णयकले नम्बर प्रदान गरी उत्कृष्ट उद्यमीको रूपमा पुरस्कार प्रदान गरिएको दायित्व लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए । उनका अनुसार उत्कृष्ठ उद्यमीलाई नगर पालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरी, सहित दायित्वका अध्यक्ष डा। पुकार मल्ल लगायतकाले पुरस्कार प्रदान गरेका थिए ।
उत्कृष्ट १० मा छनौटमा परेका उद्यमीहरू यम कुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले, चन्दा घिमिरे, भगवती बश्याल, बलराम काफ्लेले, राधेश्याम लोधले आ आफुले गर्दै आएको उद्यमको विषयमा प्रस्तुतीकरण गरेका थिए । उद्यमीहरू मध्ये उत्कृष्ठ १ जनालाई १ लाख, दोस्रो उत्कृष्ट उद्यमीले ३५ हजार र अन्य सबै सहभागी उत्कृष्ट १० मा परेका उद्यमीहरूले १० ÷१० हजार नगद पुरस्कार प्रदान गरिएको हो । उकेराबाट