मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रुपन्देहीको सियारी भैसाखादरमा गोली चल्यो

भैरहवा । रुपन्देहीको सियारी-३ भैसाखादरमा गाेली चल्दा एक युवा घाइते भएका छन ।

बाख्रा चराउन तिनाउ नदीकाे काैवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाकाे समुहमा आएकाे युवाहरुले गाेली चलाउदा घाईते भएका हुन ।

तिनाउ खाेला नजिकै काैवा घाटमा बाख्रा चराउदै अाएका केवट सँग भएकाे माेबाइल मागेका अज्ञात युवाहरूले केवटकाे बायाँ तिघ्रामा गाेली प्रहार गरी भएकाे माेबाइल लगेका हुन । केवटसँग अरु साथिहरु पनि खाेला नजिकै बाख्रा चराउन गएका थिए । नदीबाट टाढा माेटरसाईकल राखेर आएका ३ युवाहरु मध्ये २ जनाले केवटकाे माेबाईल माग्दा नदिएपछि गाेली हानेकाे घाईते केवटले बताए ।

“म सँग भएकाे एउटा माेबाईल लग्याे, अरु के के छ भनेर पनि साेधेकाे थियाे, केही छैन भने पछि गाेली चलायाे “केवटले भने । “मैले चिनेकाे केटाहरू हाेइनन, तर मधेसी नै हुन ” उनले भने

केवटकाे भिम अस्पतालमा उपचार भईरहेकाे छ । अस्पतालका अनुसार गाेली तिघ्राकाे अगाडि भागबाट लागेर पछाडिबाट पार भएकाे छ, घाइतेकाे अवस्था सामान्य छ, उपचार भइरहेकाे छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामू अर्यालले घटनास्थलमा गोली चलेको जस्ताे केही नभेटिएकाे बताए । डिएसपी अर्यालले घाइते उपचार पछि डिस्चार्ज भइ घर फर्किसकेकाे भने पनि केवट भीम अस्पतालमा ९ बजे सम्म उपचाररत थिए ” हामी घटनास्थलमा अनुसन्धानकै क्रममा छाै, घटनाकाे अनुसन्धान भइरहेकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित