प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

रुपन्देहीको सियारी भैसाखादरमा गोली चल्यो

भैरहवा । रुपन्देहीको सियारी-३ भैसाखादरमा गाेली चल्दा एक युवा घाइते भएका छन ।

बाख्रा चराउन तिनाउ नदीकाे काैवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाकाे समुहमा आएकाे युवाहरुले गाेली चलाउदा घाईते भएका हुन ।

तिनाउ खाेला नजिकै काैवा घाटमा बाख्रा चराउदै अाएका केवट सँग भएकाे माेबाइल मागेका अज्ञात युवाहरूले केवटकाे बायाँ तिघ्रामा गाेली प्रहार गरी भएकाे माेबाइल लगेका हुन । केवटसँग अरु साथिहरु पनि खाेला नजिकै बाख्रा चराउन गएका थिए । नदीबाट टाढा माेटरसाईकल राखेर आएका ३ युवाहरु मध्ये २ जनाले केवटकाे माेबाईल माग्दा नदिएपछि गाेली हानेकाे घाईते केवटले बताए ।

“म सँग भएकाे एउटा माेबाईल लग्याे, अरु के के छ भनेर पनि साेधेकाे थियाे, केही छैन भने पछि गाेली चलायाे “केवटले भने । “मैले चिनेकाे केटाहरू हाेइनन, तर मधेसी नै हुन ” उनले भने

केवटकाे भिम अस्पतालमा उपचार भईरहेकाे छ । अस्पतालका अनुसार गाेली तिघ्राकाे अगाडि भागबाट लागेर पछाडिबाट पार भएकाे छ, घाइतेकाे अवस्था सामान्य छ, उपचार भइरहेकाे छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामू अर्यालले घटनास्थलमा गोली चलेको जस्ताे केही नभेटिएकाे बताए । डिएसपी अर्यालले घाइते उपचार पछि डिस्चार्ज भइ घर फर्किसकेकाे भने पनि केवट भीम अस्पतालमा ९ बजे सम्म उपचाररत थिए ” हामी घटनास्थलमा अनुसन्धानकै क्रममा छाै, घटनाकाे अनुसन्धान भइरहेकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित