दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई संगठनको आग्रह

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई आग्रह गरेको छ । उद्योगी व्यवसायीको प्रतिष्ठानलाई जीवित राख्नको लागि सक्दो सहयोग गर्ने संगठनले धरधनीहरुलाई आग्रह गरेको हो ।

संगठनले विज्ञप्ती जारी गर्दै उद्योग व्यापार व्यवसाय नै नरहेको खण्डमा आइरहेको घरभाडा पनि बन्द हुने र थप आर्थिक मन्दी हुने भएकाले अहिलेको परिस्थितिलाई मध्यनजर गरी घरभाडामा सकेसम्म अधिकत्तम छुट दिइ सहयोग गर्न आग्रह गरेको छ ।

समग्र देशको आर्थिक अवस्था अत्यन्त भयावह भएको हुँदा उद्योग, व्यापार, व्यवसाय क्रमिक रुपमा विस्थापित हुँदै गइरहेको अवस्थामा उनीहरुलाई स्थापित गरी बजार चलायमान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुले किस्ता रकमलाई २ वर्ष पछाडि लिने गरी कर्जाको व्याज क्रमिक रुपमा लिदै जान व्यवस्था गर्नको लागि संगठनले आग्रह गरेको छ ।

संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीलाई आतंकित बनाइ डर, धम्की देखाएर कर्जा असुल गर्ने कार्य तत्काल बन्द गरी लिलाम प्रक्रियामा गएका सम्पूर्ण कार्यहरु स्थगित गर्न विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।

‘विगत केही वर्षदेखि कोभिड–१९ को प्रकोप आर्थिक मन्दी उत्पादनमा कमी, व्यापार, व्यवसायमा कमीलगायत कारणले व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरु धराशाही हुँदै क्रमिक रुपमा बन्द भइरहेका छन् । बजारमा लगभग ३० प्रतिशत उद्योगी व्यवसायी विस्थापित भइसकेका छन् व्यवसायी प्रतिष्ठानका घर तथा सटरहरु खाली हुने क्रम तीव्र गतिमा बढिरहेका छन् बैंकलगायत वित्तीय संस्थाले धेरैका घरजग्गाहरु लिलाम विक्रीको लागी प्रक्रियागत रुपमा अगाडि बढाएका छन्, ’विज्ञप्तीमा उल्लेख छ ।

‘यस्तो भयावह अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यापार संगठन, रुपन्देहीले देशको संकटको विषयमा गम्भिर भइ जटिल अवस्थामा मुलुकको अर्थतन्त्र सुधार गरी चलायमान गर्न गराउनको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछ । बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता, घरधनी र बैंक तथा वित्तीय संस्थालाई प्रत्यक्ष असर परेको हामी सबै जानकार छौं, ’अध्यक्ष ज्ञवालीले भने ।

बढ्दो आर्थिक मन्दीबाट व्यापार नभए पनि घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गर्ने अवस्था बढ्दै जाँदा बजार विस्थापित हुने क्रम बढ्दो रहेको अध्यक्ष ज्ञवालीको भनाइ छ । यो स्थितिलाई मनन गर्दै खस्कदै गइरहेको उद्योग र व्यापारलाई सञ्चालन हुने अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता रहेको अध्यक्ष ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित