बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

फोरलेन सडक निर्माणले गति नलिँदासम्म सञ्चारमन्त्री र सांसदहरुलाई दाङ प्रवेशमा निषेध

दाङ । घोराही-तुलसीपुर फोरलेन सडक संघर्ष अभियानले सांसदलाई दाङ प्रवेश निषेध गरेको छ । अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा निषेध गरेको हो ।

अलपत्र घोराही-तुलसीपुर सडकका कारण धेरैले मृत्युवरण गर्नुपरेको भन्दै अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएको सुचनासहितको व्यानर घोराहीको चोकमा व्यानर टाँस गरेको छ ।

सडक निर्माणले गति नलिदासम्म सांसदलाई जिल्ला प्रवेशमा रोक लगाइने अभियानले जनाएको छ । सडकलाई मुद्दा बनाएर चुनाव जितेपनि सांसदले विश्वासघात गरेको र निर्माणले गति नलिदासम्म जिल्ला प्रवेशमा रोक लगाएको संघर्ष अभियानले सूचना उल्लेख गरेको छ ।

संचारमन्त्री रेखा शर्मा, सांसदहरु दिपक गिरी, मेटमणी चौधरी, डिल्ली चौधरी, राजु खनाल, धनबहादुर मास्की, प्रचण्ड विक्रम न्यौपाने, अनुराग खड्का, इन्द्रजित थारुलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित