जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा

२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्ने उदेश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवद्र्धन गर्ने गरि घुमौं लुम्बिनी टिकटक प्रतियोगिताको घोषणा गरेको हो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरि प्रतियोगिताका लागि देश विदेशका प्रतियोगिहरुका लागि खुल्ला आह्वान गरिएको जानकारी दिनुभएको छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रुपमा प्रवद्र्धन गर्ने गरि सृजनात्मक रुपमा टिकटक भिडियो बनाउनुपर्ने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि घुमौं लुम्बिनी डटकममा आफ्नो नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । बैशाख १० गतेदेखि २० गतेसम्म प्रतियोगिहरुले भिडियो बनाउनुपर्ने र २१ गते घोषणा गरिनेछ । पछिल्लो सामाजिक सञ्जालका रुपमा टिकटक लोकप्रिय भइरहेको बेला बुद्धजन्मस्थल आन्तरीक र बाह्य पर्यटक आर्कषित गर्न प्रभावकारी हुने भएकाले घुमौं लुम्बिनी टिकटक प्रतियोगिता गरिएको हो ।

प्र्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगितहरुले नाम दर्ता गरेपछि दिइएको विषयवस्तुमा मौलिक र सृजनात्मक टिकटक छोटो भिडियो बनाउनुपर्ने छ । प्रतियोगितहरुमध्ये बिशेषज्ञ मूल्यांकन समितिले विजेता छनौट गर्ने र विजेतालाई नगद सहित अन्य उपहाबाट पुरस्कृत गरिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चैत १७ गते संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा लुम्बिनीमा बसेको बोर्ड लुम्बिनी विकास कोषको बैठकले बुद्ध जयन्तीको अवसरमा टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित