तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने भएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रिय अधिवेसन हुने भएको हो ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले अधिबेशनमा ३४ जिल्ला शाखाका ७७ कमिटिका प्रतिनिधीहरुको सहभागिता हुने बताए । साथै उनले आफनो अनुवाईमा रक्तदान अभियानका स्वयंसेवीहरु जोडेर संस्था स्थापना गरेको बताउंदै अब सरकारले रगतलाई निशुल्क बनाउनुपर्ने बताए ।
नेपालमा निशुल्क रगत उपलब्ध गराउन जम्मा २५ करोड बजेट आवश्यकता पर्ने भन्दै उनले स्वयसेवीले निशुल्क दिएको रगतमा सरकारले लागत मुल्यभन्दा दोव्वर बढाएर रगत विक्रि गर्ने गरेको बताए । एक युनिट रगत चेकजांचका लागि जम्मा २७७ रुपैयां लागत पर्ने उनको भनाई छ । उहांले रगतको समस्याको विषयमा धेरै कठिनाई पार गर्दै अहिलेको अवस्थामा पुगेको बताए ।
कार्यक्रममा रुपन्देही शाखाको अध्यक्ष तथा अधिवेशन संयोजक कृष्ण चौहान क्षेत्रीले नमुना जिल्लाको पहिचान बनाएको रुपन्देहीमा केन्द्रीय अधिवेशनको तयारी तिब्र पारिएको बताए । प्रत्येक शनिबार नियमित रक्तदानअभियानमार्फत १ सय २१ पटक आयोजना गरि २५ हजार युनिट रगत संकलन रुपन्देहीले गरेको उनले बताए ।
रक्तदाताबाट निशुल्क रगतको बिरामीले मुल्य तिर्नुपर्नु अवस्थाको अन्त्यका लागि अभियान चलाएर धेरै स्थानिय, प्रदेशमा सफल भएको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित