३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने भएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रिय अधिवेसन हुने भएको हो ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले अधिबेशनमा ३४ जिल्ला शाखाका ७७ कमिटिका प्रतिनिधीहरुको सहभागिता हुने बताए । साथै उनले आफनो अनुवाईमा रक्तदान अभियानका स्वयंसेवीहरु जोडेर संस्था स्थापना गरेको बताउंदै अब सरकारले रगतलाई निशुल्क बनाउनुपर्ने बताए ।
नेपालमा निशुल्क रगत उपलब्ध गराउन जम्मा २५ करोड बजेट आवश्यकता पर्ने भन्दै उनले स्वयसेवीले निशुल्क दिएको रगतमा सरकारले लागत मुल्यभन्दा दोव्वर बढाएर रगत विक्रि गर्ने गरेको बताए । एक युनिट रगत चेकजांचका लागि जम्मा २७७ रुपैयां लागत पर्ने उनको भनाई छ । उहांले रगतको समस्याको विषयमा धेरै कठिनाई पार गर्दै अहिलेको अवस्थामा पुगेको बताए ।
कार्यक्रममा रुपन्देही शाखाको अध्यक्ष तथा अधिवेशन संयोजक कृष्ण चौहान क्षेत्रीले नमुना जिल्लाको पहिचान बनाएको रुपन्देहीमा केन्द्रीय अधिवेशनको तयारी तिब्र पारिएको बताए । प्रत्येक शनिबार नियमित रक्तदानअभियानमार्फत १ सय २१ पटक आयोजना गरि २५ हजार युनिट रगत संकलन रुपन्देहीले गरेको उनले बताए ।
रक्तदाताबाट निशुल्क रगतको बिरामीले मुल्य तिर्नुपर्नु अवस्थाको अन्त्यका लागि अभियान चलाएर धेरै स्थानिय, प्रदेशमा सफल भएको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित