३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

वैशाख ११ मा मुख्यमन्त्री गिरीले पुन: विश्वासको मत लिने

अल्पमतको सरकार चलाइरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते पुनः विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि गिरी नेतृत्वको सरकार अल्पमतमा थियो । १२ चैतमा दलहरुले समर्थन फिर्ता लिएका थिए । गिरीले विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण कुमालले बताए ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ। लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्।

८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। प्रदेशसभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

मुख्यमन्त्री गिरीले गत माघको ५ गते विश्वासको मत लिएका थिए। एमालेका गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित