
बुटवल र भैरहवामा ह्वात्तै गर्मी बढेको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दिउसो २ बजेर २५ मिनेटको तापक्रम मापन अनुसार बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम छ । तापक्रम मापनमा विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बढ्दो तापक्रमका कारण बुटवलको हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ । वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रस्वासमा असर पुर्याउने चिकित्सकहरु बताउंछन् ।
यस्तो गर्मीमा अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन, निस्कुनु परे छाता ओढेर हिंड्न र प्रशस्त पानी पिउनुपर्ने सुझाव फिजिसियन डाक्टर नन्दु पाठकको छ ।
बढ्दो गर्मीसंगै झाडा पखाला,लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा। पाठकको सुझाव छ ।