उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

‘परीक्षामा नतिजा राम्रो नआएपछि’ रुपन्देहीबाट एक बालक सम्पर्कविहिन, खोजीका लागि परिवारको अपील

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–१ बाट एक बालक ३ दिनदेखि सम्पर्कविहिन भएका छन् । गत चैत्र ३० गते विद्यालयबाट निस्किएका १४ वर्षीय दिपाशु कार्की हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि अपिल गरेका छन् ।

स्थानीय लुम्बिनी ज्ञानज्योति ईङ्गलिस बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययन गर्ने दिपाशु परीक्षामा राम्रो नतिजा नआएपछि घर परिवारले गाली गर्ने डर वा अन्य कुनै कारणले सम्पर्कविहिन भएको हुन सक्ने पारिवारिक श्रोतले आशंका व्यक्त गरेका छन् । चैत्र ३० गते घरबाट विद्यालय गएको भएपनि विद्यालयमा परीक्षाको नतिजा सुने लगत्तै विहान १० त्यहाँबाट साइकिल लिएर निस्किएका थिए । सोही दिनको मध्यान्न करिब १२ बजेको समयमा तिलोत्तमाको ड्राइभर टोलमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा सिसिटिभी फुटेज भेटिएको स्थानीय उमेश क्षेत्रीले जानकारी दिए ।

विद्यालयको पोशाकमै उनी सम्पर्कविहिन भएका हुन् । विद्यालयका पोशाक सेतो कालो धर्का रहेको सर्ट, कालो पाइन्ट र जुत्ता लगाएको परिवारले जनाएको छ । बालक सम्पर्कविहिन भएपछि घटनाको दिननै बुवा टेकबहादुर कार्कीले स्थानीय प्रहरी चौकिमा खबर गरेका थिए भने शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ । फेला पार्ने व्यक्तिले परिवारको फोन नम्बर ९८०३०८३६९५ वा ९८४७२२१८४८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
जाहेरी प्राप्त भएलगत्तै नेपाल भारत सीमा क्षेत्र तथा रुपन्देही र छिमेकी जिल्लाका सम्भावित क्षेत्रका प्रहरी चौकीहरुमा समेत सर्कुलर जारी गरी खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म बालक भेटिन सक्ने उल्लेख्य सुराक नभेटिएको भएपनि खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित