दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ

लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बुटवल–५ अमरपथ निबासी उद्योगी श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बुटवलका रैथाने बासिन्दा ५३ वर्षीय श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पस काठमाडौंबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी यसअघि रुपन्देही उद्योगसंघको वरिष्ठ उपाध्यक्ष र महासचिवको रुपमा समेत काम गरेका थिए । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको पुर्व प्राध्यापक रहेका प्रतिष्ठित उद्योगी श्रेष्ठ रेडक्रस र परिवार नियोजन संघमा आजीवन सदस्य रहेका छन् भने रोटरी क्लव अफ बुटवलमा २००८–००९ मा अध्यक्ष बनेका थिए भने २०१२–१३ मा एसिस्टेन्ट गभर्नर बनेका थिए ।

श्रेष्ठका बुबा पुर्व प्रधानपन्च हुन् । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि बुटवल टुडेलाई प्रतिक्रिया दिंदै श्रेष्ठले अस्पतालको कुशल व्यवस्थापनमा आफ्नो मुख्य ध्यान रहने बताए । “बुटवलबासीको नाताले आफ्नो बुटवल आफै बनाउने गरी अगाडि बढ्ने मेरो अठोट छ । यसका लागि सामान्य नागरिकले उपचार गर्ने सरकारी अस्पतालको व्यवस्थापकीय पक्ष सुधार्नु जरुरी छ”–उनले भने ।

श्रेष्ठले सञ्चार उद्यमीको रुपमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । २०५४ सालदेखि दैनिक जनसंघर्ष, बुटवल टुडे, दैनिकपत्र हुँदै पत्रिकाको संस्थापक प्रवन्ध सञ्चालकको भूमिका समेत निर्वाह गरेका श्रेष्ठले व्यावसायिक पत्रकारिताको विकासमा समेत ठूलो योगदान पु¥याएका छन् ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले सदस्यमा लक्ष्मी खनाललाई नियुक्ती गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकिय सचिव अमृत गिरीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित